सुदूरपश्चिममा आज ४३ जनामा कोरोना

शेयेर गर्नुहोस


समाधान समाचार
कैलाली २१साउन /  
बुधवार सुदूरपश्चिमका थप ४३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा पछिल्लो २४ घण्टामा ४३ जनामा संक्रमण पुष्टि भएको हो।
२४ घण्टामा डडेल्धुरा प्रयोगशालामा ११ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार संक्रमित सबै बझाङ जिल्लाका भएको बताइएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३२ जनामा संक्रमण पुष्टि भएको छ।
कैलालीका २१, अछामका ७, बझाङका ३ र कञ्चनपुरका १ जना गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार लम्कीचुहा नगरपालिकाका ९ महिला र ८ पुरुष गरी १७ जनामा कोरोना पुष्टि भएको छ।भजनी नगरपालिकाका २४ र ३३ बर्षीय पुरुष, गोदावरी नगरपालिका वडा नम्बर ४ का १८ बर्षीय युवक र टीकापुर नगरपालिकाका ३४ बषीय पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताएका छन। 
अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर २ का चार महिला र तीन पुरुष, बझाङको खप्तडछान्नाकी ७ महिने बालिका र जयपृथ्वी नगरपालिकाका २० बर्षीया युवती र २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ४ का ४१ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ८ सय ८१ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *