सहकारी संस्थाको नेफ्स्कुनसँग अन्तरक्रिया

शेयेर गर्नुहोस


टीकापुर ३० बैशाख /
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) र टीकापुर क्षेत्रमा रहेका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका सचिव लालकेश जैशीको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कुनका कोषाध्यक्ष दिपक पनेरु प्रमुख अतिथि रहेका थिए । जनकल्याणका संचालक तथा शिक्षा उपसमिती संयोजक जितबहादुर डगौराले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक छबिलाल जैशीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पनेरुले टीकापुर क्षेत्रमा आवश्यक तालिम लगायतका विषयमा सहजिकरणका लागि नेफ्स्कुनले सहयोग गर्ने बताएका छन् । सहकारी संस्थाहरुले थुप्रै राम्रा कामहरुपनि गरिरहेको अवस्था रहेपनि नराम्रा कुराको मात्र प्रचारप्रसार भैरहेले राम्रो काम गर्ने सहकारी संस्थाहरु ओझेलमा परेको उनले बताए ।
।।सुदूरपश्चिम प्रदेशको सहकारी अभियान अन्य प्रदेशको भन्दा केहि कमजोर भएकोले यसको लागि नेफ्स्कुनले थप योजना ल्याउने पनेरूको भनाइ छ । कार्यक्रममा टीकापुर बचत तथा ऋण सहकारीका अध्यक्ष महेश कुश्मी, गंगा जमुना बचत तथा ऋण सहकारीका उपाध्यक्ष चन्द्रदेव भट्राई, व्यवस्थापक कुशराज भट्राई, हरियाली बचत तथा ऋण सहकारीका व्यवस्थापक धनबहादुर बुढामगर, नेफ्स्कुन फिल्ड कार्यालय कञ्चनपुरका सदस्य तथा जनकल्याण बचत तथा ऋण सहकारीका सल्लाहकार बद्रि प्रसाद भट्राई लगायतले टीकापुर क्षेत्रमा बचत तथा ऋण सहकारी संस्था संचालनका अवसर तथा चूनौतीका विषयमा आ-आफ्ना धारणा राखेका थिए । नेफ्स्कुनले सदस्यसँग नेफ्स्कुन कार्यक्रम संचालन गरेसँगै कोषाध्यक्ष पनेरुको टोली सुदूरपश्चिमका बचत तथा ऋण सहकारीहरुसँगको भेटघाट तथा अन्तरक्रियामा रहेको छ । टोलीमा नेफ्स्कुन कञ्चनपुर फिल्ड कार्यालय प्रमुख यम डाँगी तथा धनगढी सेवा केन्द्र प्रमुख योगेश बोहरा लगायत कर्मचारीहरु सहभागि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *