बाढीको कृत्रिम अभ्यासका लागि अभिमुखीकरण

शेयेर गर्नुहोस


टीकापुर २९ बैशाख /
नेपाल वाढि उत्थानशिल परियोजना अन्तरगत बाढीको कृत्रिम अभ्यासका लागि अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
प्रक्टिकल एक्सन नेपाल र सामाजिक विकास तथा अनुसन्धान केन्द्र (सिएसडिआर) बाँके द्वारा संचालित नेपाल बाढि उत्थानशिल परियोजना अन्तरगत टीकापुर नगरपालिकाका र जानकी गाउँपालिकाका समिति तथा कार्यदलहरुलाई एक दिने बाढीको किर्तिम अभ्यासका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । सिएसडिआर कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले कार्यक्रम बारे प्रकाश पार्दै विगत ९ वर्ष देखि टीकापुर नगरपालिका र जानकी गाउँपालिका क्षेत्रमा काम गर्दै आइरहेको बताएका छन् ।
उनले सन २०१४ देखि २०१८ सम्म पहिलो चरणमा काम गर्दै आएको समेत बताएका छन् । कार्यक्रम संयोजक ठगुन्नाले पहिलो चरणको कार्यक्रममा टीकापुर नगरपालिकाको २१ वटा र जानकी गाउँपालिकाको १३ वटा समुदायलाई लक्षित गरी फरकफरक परियोजनामा काम गरेको बताएका छन् । उनले दोस्रो फेजको कार्यक्रममा स्रोत र साधनको अभावका कारणले गर्दा नगरपालिका र गाउँपालिकाको ५/५ वटा समुदायमा कार्यक्रम गर्दै आएको बताएका छन् ।
उनले अहिलेसम्म टीकापुर नगरपालिका भित्र ५ वटा उच्च भवन निर्माण गरिसकेको र जानकी गाउँपालिकाको ५ नं. वडाको सात विगाहमा एउटा उच्च भवन निर्माण गरिसकेको र ४ नं. वडामा उच्च भवन निर्माणधिन अवस्थामा रहेको समेत जानकारी दिएका छन् ।
त्यस्तै कार्यक्रम संयोजक ठकुन्नाले संचालित अभिमुखिकरण कार्यक्रम विशेष गरि आउदो जुन ५ तारिख अर्थात जेठ २२ गते विश्व वातावरण दिवसलाई लक्षित कार्यक्रम रहेको बताउँदै दिवसका दिन आफुले काम गर्ने ५ वटा पालिका ७८ समुदायलाई विश्व वातावरण दिवसलाई सबैको क्षेत्रबाट भव्य रुपले मनाउन आग्रह समेत गरेका छन् । ठगुन्नाले आफुले काम गर्ने क्षेत्र जानकी गाउँपालिकाका १३ वटा समुदाय, गेरुवा गाउँपालिकाका १५ वटा समुदाय, राजापुर नगरपालिकाका २५ वटा समुदाय, मधुवन नगरपालिकाका ४ वटा र टीकापुर नगरपालिका २१ वटा समुदायमा बाढीको किर्तिम अभ्यासका लागि अभिमुखिकरण कार्यक्रम गर्ने बताउँदै टीकापुरबाट बाढीको किर्तिम अभ्यास अभिमुखिकरण कार्यक्रम पहिलो रहेको बताएका छन् ।
सामाजिक परिचालक अन्जु चाैधरीले सञ्चालन गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *