साइकल वितरण कार्यक्रम

शेयेर गर्नुहोस


लक्ष्मण विक, टीकापुर ०९ असोज /
टीकापुर नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा चिराकिहरुलाई साईकल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं. का वडा अध्यक्ष मोहन विकको अध्यक्ष्ातामा भएको कार्यक्रमका प्रमुख अतिथि रहेका टीकापुर नगरपालिकाका नगर उप प्रमुख खडक शाहले चिराकि प्रथा धेरै पहिले देखि चल्दै आएको प्रथा रहेको बताउँदै यसलाई जोगाएर राख्ने सम्पुर्णको कर्तव्य रहेको बातएका छन् ।
साईकल वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले चिराकि भनेको सुखदुःखको साथी मात्र नभई चिराकि गाउँ समाज र समुदायका लागि एम्बुलेन्सको रुपमा काम गर्ने व्यक्ति रहेको समेत बताएका छन् । उनले गाउँ समुदायका साना-साना सूचनाहरुलाई प्रत्यक व्यक्ति-व्यक्तिका घरसम्म पुर्याउन चिराकिको ठुलो भुमिका रहने बताउँदै साईकल वितरणले मात्र नभई चिराकिहरुका लागि अझ बढि गर्नु पर्ने समेत बताएका छन् ।
त्यस्तै कार्यक्रममा वडा कार्यालयले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य विमा दर्ता सहयोगि क्षमता अभिवृद्धि कार्यक्रम संचालनमा रहेको समेत जानकारी गराएको छ । यस स्वास्थ्य क्षेत्रमा स्वास्थ्य विमा दर्ता सहयोगि क्षमता अभिवृद्धि कार्यक्रममा नेपाल सरकारले २०७२ साल देखि स्वास्थ्य विमा कार्यक्रम संचालन गरेको थियो । उक्त कार्यक्रमलाई निरन्तरता दिनका निम्ति वडा कार्यालयले स्वास्थ्य विमा दर्ता सहयोगी समेत परिचालन गरेको छ । स्वास्थ्य विमा कार्यक्रममा ५ जना बराबर ३ हजार ५ सस र परिवारमा सो भन्दा बढि सदस्य संख्या रहेमा प्रति व्यक्ति ७ सयका दरले थप हुने स्वास्थ्य बिमा दर्ता सहयोगीकि परिचालिका सुमन खड्काले जानकारी दिएकि छन् ।
कार्यक्रममा चिराकि हरिराम थारु, बघर धनिराम चाैधरी, स्वास्थ्य विमा दर्ता सहयोगी सुमन खड्का, पत्रकार पुर्ण विक र वडा सदस्य गणेश घर्ती मगर लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा ११ गाउँका चिराकिहरुलाई ११ वटा साईकल वितरण गरिएको थिए । वडा कार्यालयका सचिव चक्र रावलले संचानल गरेको कार्यक्रमको स्वागत वडा सदस्य प्रेमकला चाैधरीले गरेकि थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *