साउँद स्मृति केन्द्रको सातौं वार्षिक साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस


लक्ष्मण विक, टीकापुर ०८ भदौ /
टेक बहादुर साउँद स्मृति केन्द्रको सातौं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
स्मृति केन्द्रका अध्यक्ष जंगबहादुर साउँदको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावल रहेका थिए भने विशिष्ट अतिथि टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगाैरा थारु, टीकापुर नगरपालिका उप प्रमुख खडक बहादुर शाह र जानकी गाउँपालिकाका अध्यक्ष गणेश चाैधरी रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले २०७२ सालको घटना दु:खद घटना रहेको बताउँदै आगामी दिन २०७२ सालको घटनालाई स्मरण गर्नु भन्दा पनि त्यसलाई कसरी सदभाव दिर लैजाने भन्ने तिर ध्यान दिन जरुरी रहेको बताएका छन् । उनले टीकापुरलाई पुरानै टीकापुर बनाउन सदभाव कायम रहन जरुरी रहेको समेत बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि रावलले टीकापुर घटनालाई वर्षेनी घाउलाई कोट्या जसरी कोट्याउनु भन्दा टीकापुर घटनालाई नयाँ रुपले प्रस्तुत गर्ने तरिका अपनाउन आवश्यक रहेको बताएका छन् । उनले टीकापुर घटनामा सहिद भएका बाल सहिद टेकबहादुर साउँदको स्मृतिमा बनाएको टेकबहादुर साउँद स्मृति केन्द्रलाई आगामी दिनमा आफु प्रदेश सरकारमा रहदा सम्म स्मृति केन्द्रलाई बनाउन सहयोग गर्ने प्रतिवद्व रहेको समेत बताएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगाैरा थारुले नेपालको इतिहासमा २०७२ सालको घटना जगणिय घटना रहेको बताएका छन् । उनले २०७२ सालको घटनालाई लिएर टीकापुरलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउदँदै अब त्यो दृष्टिकोणलाई परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि थारुले अबका दिनमा टीकापुरलाई सदभाव लैजानु पर्ने बताउँदै त्यसका निमित्त सबैको सोच परिवर्तन हुन जरुरी रहेको बताएका छन् । उनले टीकापुर बनाउन टुटेर हैन जुटेर एकिद्व भर लाग्नु पर्ने समेत बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का पुर्व वडा अध्यक्ष गंगाराम आचार्य, नेकपा एमालेका नगर अध्यक्ष ध्रुब खत्री, नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सदस्य काशीराम देवकोटा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
स्मृति केन्द्रका उपाध्यक्ष गणेश प्रसाद ओझाले संचालन गरेको कार्यक्रमको स्वागत तेजबहादुर बोहोराले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *