चारलाख बराबरको अबैध सामान बरामद

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०४ चैत /
ईलाका प्रहरी कार्यालय टीकापुरले भन्सार छली ल्याउदै गरेको करिब ४ लाख ५ हजार बराबरको सामान बरामद गरेको छ ।
आज दिउँसो साढे चार बजेतिर टीकापुर नगरपालिका वडा नं. १ का दिलिप खड्काले से.५ प. ६२७३ न.को मोटरसाइकलमा भन्सार छली ल्याउदै गरेको अबस्थामा र उनको घरमा लुकाई छिपाई राखेको अबस्थामा अबैध भन्सार छली ल्याएको थानकपडा, रेडीमेड कुर्ता सुरुवाल,साडी,सुट र झुल गरी करिब चार लाख पाँचहजार मुल्य बराबरको अबैध सामान बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिएका छन । खड्कालाई प्रहरी निरीक्षक बमको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरी आबश्यक कार्बाहीको लागि सत्ती भन्सार कार्यालय पठाइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *