सामाजिक अगुवा खरेलको मृत्यु: नेकपाद्वारा शोक व्यक्त

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ०२ पौष /
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) कैलाली क्षेत्र नं.१ का पार्टी सदस्य एवम् नेपाल टेलिकम टीकापुरका प्रमुख ढुण्डी राज खरेलको मृत्युमा नेकपा नगर कमिटी टीकापुरले शोक व्यक्त गरेको छ।
नगर कमिटी अध्यक्ष खडकबहादुर शाह र सचीव खडकबहादुर साउदले संयुक्त शोक बक्तब्य जारी गर्दै खरेलको मृत्युले पार्टीलाई अतुलनिय क्षति पुगेको भन्दै तपाईले पार्टीलाई दिएको योगदान र सहयोगको सदा उच्च सम्मानका साथ कदर गरिने उल्लेख गरिएको छ। बक्तब्यमा क. खरेलको असामहिक निधन प्रती टीकापुर नगर कमिटी दुख व्यक्त गर्दै मृत आत्माको चिरशान्तीको कामना गर्दै शोक सम्तप्त परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछौं । साथै यो दुखद घडिमा शोकलाई शक्तिमा बदल्ने शक्ति प्रदान होस भन्दै प्रार्थना गर्दछौ। बक्तब्यमा उल्लेख छ ।
खरेलको उपचारका क्रममा आज काठमाडौ स्थित ग्राण्डी अस्पतालमा निधन भएको थियो । खरेलको निधनले टीकापुर क्षेत्रको एक महत्त्वपूर्ण ब्याक्ती गुमाएको भन्दै सामाजिक संजाल मार्फत समवेदना व्यक्त भइरहेका छन।
सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका स्व : खरेल प्रती हाम्रो समाधान डटकम हार्दिक समवेदना व्यक्त गर्दछ ।

नेकपाद्वारा जारी शोक बक्तब्य

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *