नगर प्रमुख वडले गरे कम्प्युटर ल्याबको उद्घाटन

शेयेर गर्नुहोस

निर्मल रैका
धनगढी ०१ पौष /
धनगढीमा रहेकोे ऐश्वर्य बहुमुखी क्याम्पसको नवनिर्मित कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले एक कार्यक्रमका बिच कम्प्युटर ल्याबको उद्घाटन गरेका हुन् । उनले क्याम्पसमा रहेकोे कम्प्युटर ल्याबबाट थुप्रै विद्यार्थीहरु दक्ष हुने बिश्वास लिई कम्प्युटर शिक्षा आजको अनिवार्य आवश्यकता भएको बताए । ऐश्वर्य बहुमुखी क्याम्पसको नवनिर्मित कम्प्युटर ल्याब उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख वडले हरेक क्षेत्रमा कम्प्युटर सिप भएको ब्यक्ति माग्ने गरेको बताउदै कम्प्युटरको ज्यादै ठुलो महत्त्व रहेको बताएका छन।
कार्यक्रममा प्राध्यापक टेक बहादुर अधिकारी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा प्राध्यापक, कर्मचारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो भने कम्प्युटर ल्याब उद्घाटन कार्यक्रमको सञ्चालन प्राध्यापक रघुविर भट्टले गर्नुका साथै क्याम्पस प्रमुख धर्मदेव भट्टको अध्यक्षतामा नवनिर्मित कम्प्युटर ल्याब उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *