सुतेको बेला कोठामा भारतमा तीन नेपालीको मृत्यु

शेयेर गर्नुहोस


टीकापुर १८ पुस /
कोठामा निसासियर कैलालीका तीन जना नेपालीको भारतमा मृत्यु भएको छ। मजदुरी गर्न भारत गएका ती नेपालीको कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको हो।
भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ गोप्काका तीन जनाको मृत्यु भएको हो।
कामका लागि भारतको मेरठमा श्रम गर्दै आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको आफन्त गोपी भुलले बताए।बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए। मृतकको घरमा दुई छोरी र एक छोरा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *