सुदुरपश्चिममा १सय १३ जना कोरोना संक्रमित

शेयेर गर्नुहोस


समाधान समाचार / कैलाली १६ साउन /सुदुरपश्चिममा बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा आज थप १ सय १३ जनामा कोरोना पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार टेकु अस्पताल काठमाण्डौमा बझाङका २५ जना ,कैलालीका १५ जनामा कोरोना देखिएको हो । यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कन्चनपुरका १८ र दार्चुलाका १६ जनामा कोरोना पुष्टी भएको नियमित पत्रकार सम्मेलनमा गौतमले बताए ।
डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा बैतडीका १० र डोटीका ३ जनामा कोरोना देखिएको हो । त्यस्तै सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप २६ जनामा कोरोना पुष्टी भएको छ ।९ महिला १७ पुरुषमा गरी २६ जनामा कोरोना देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।संक्रमितहरुमा बझाङका २ जना पुरुष, कन्चनपुरका एक जना पुरुष रहेका छन ।त्यस्तै अन्य संक्रमितहरुमा कैलालीको टिकापुरका एक महिला ६ जना पुरुष, कैलालीकै धनगढीका ८ महिला ८ पुरुष रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *