शेयेर गर्नुहोस
लक्ष्मण बि क , टीकापुर २६ फागुन/
समुदाय प्रहरी साझेदारीको सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनगढीको आयोजना र इलाका प्रहरी कार्यालय टीकापुरको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सामुदायिक सेवा केन्द्र अस्नेहरीका अध्यक्ष नैनसिंह बमको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावल रहेका थिए भने विशिस्ट अतिथि जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चाैधरी र इलाका प्रशासन कार्यालय टीकापुर कार्यालय प्रमुख शंकर बिष्ट रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रावलले टीकापुरको मुख्य समस्याको रुपमा लागुअाैषध, बलत्कार र आत्महत्या रहेको बताएका छन । उनले सार्बजनिक सुनुवाइ कार्यक्रममा उठेका लागुअाैषध, बलत्कार, आत्महत्या लगायतका कुराहरुमा आफ्नो गम्भीर ध्यानाकर्षण रहने बताउदै त्यसका लागि नगरपालिका, इलाका प्रहरी कार्यालय लगायत अन्य सरोकार वालाहरुको पनि ध्यानाकर्षण गराउने बताएका छन । टीकापुरमा लागुअाैषध सेवन गर्नेको संख्या दिन प्रतिदिन बड्दो भए कै कारण पुनःस्थापना केन्द्रको संख्या बढेको बताउदै त्यसमा आफुहरु कतैन कतै चुकी रहेको बताएका छन ।
रावलले शिबरात्री को समयमा पहिले भाङ चरेस जस्ता उत्तेजनात्मक लागुपदार्थ बेचबिखन हुँदै आएता पनि विगत तीन वर्ष देखि त्यस कार्यमा नगरपालिका र ईलाका प्रहरी कार्यालय टीकापुरसंग समन्वय गरि पुर्णतया रोक लगाइएको बताएका छन ।
त्यस्तै कार्यालयमा विशिष्ट अतिथि चाैधरीले समुदायमा जनतासंग साझेदारी गर्न प्रहरी र जनताको सम्बन्ध नङ र मासुको जस्तो हुनु पर्ने बताएका छन । उनले समुदाय-प्रहरी साझेदारी कार्यक्रम निकै प्रभाबकारी भएको बताउदै कानुनको सहि सदुपयोग नगर्ने जो कोहिलाई पनि कानुनी दायरामा ल्याइ सजाय दिनु पर्ने बताएका छन । कार्यक्रमका अर्का विशिष्ट अतिथि बिष्टले कानुन सबैका लागि बराबर हुनु पर्ने बताउदै दोषी चाहे जनप्रतिनिधि किन नहोस् कानुन सबैलाई लाग्ने बताएका छन । उनले समाजलाई अपराध मुक्त बनाउन पनि समाजकै भुमिका विशेष रहने बताउएका छन ।
जिल्ला प्रहरी कार्यालय धनगढीका कार्यालय प्रमुख अनुपम शमशेर जबराले कार्यक्रम बारे जानकारी दिदै इलाका प्रहरी कार्यालय टीकापुरले काम गर्ने क्षेत्र टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहेको बताउदै आफुहरुको पहिलो प्राथमिकता समाजको शान्तिसुरक्षा रहेको बताएका छन ।अपराध हुनुहुदैन तर अपराध भइ हाल्यो भने सानो-सानो सूचना पनि प्रहरीका लागि अति महत्त्वपूर्ण रहेको बताउदै त्यही सानो सूचनाले नै अपराधीलाई सजायको दायरामा ल्याउन ठुलो सहयोग पुग्ने बताएका छन । उनले समुदायका जनताले दिएको सानो-सानो सुचना प्रहरीका महत्त्वपूर्ण रहने बताउदै प्रहरी र जनतासङ्गको सहकार्य अपरिहार्य भएको बताएका छन ।
उनले आफुहरु बर्दीको प्रहरी भएको बताउदै समुदायका जनता भने बिना बर्दीको प्रहरी रहेको बताएका छन । कार्यक्रममा टीकापुरका सरकारी तथा गैरसरकारी विद्यालया विद्यार्थी, शिक्षक, सरोकारवाला, संघसंस्था, अभिभावक लगायतको उपस्थित रहेको थियो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्याैपानेले कार्यक्रमको संचालन गरेका थिए ।