सेवाग्राहीलाई सास्ती

शेयेर गर्नुहोस


गणेश क्षेत्री
कंचनपुर २० मंसिर /
घरेलु तथा साना उध्योग कार्यालय महेन्द्रनगर कंचनपुर मा ब्यवसाय र उध्योग दर्ता गराउदा सेवाग्राही ले सास्ती पाउने गरेका छन्
भिड पनि छैन तैपनी सेवाग्राहिलाइ तारीख लगाउने गरेको कृष्ण नगर नगरपालिका सान्तिपुरका कृष्ण बहादुर बिष्ट ले बताउनुभयो। तर कार्यालय प्रमुख हेमन्त बहादुर सिह ले कोरोनाको कारण ले गर्दा भिडभाड नहोस भनेर टाेकन बितरण गर्नेगरेको बताउनुभयो। बेलौरी नगरपालिका ८ का कृष्ण हमालले टाेकन दिएर २,४ दिन पछिको समय दिएपनी मध्यस्थ कर्ता हरुले ल्याएको फाइल को कार्य अगाडी गर्नाले ढिलाइ हुनेगरेको बताउनुभयो । बेलौरी नगरपालिका ८ बाट पसल नवीकरण गराउनआउनुभएको जयप्रकाश चौधरी ले दुई पटक आउदा पनि नवीकरण गर्न नसकेको बताउनुभयो कर्मचारी हरुनै १०:३० मा पुगेपछि मात्रै काम सुरु भएको बताउनुभयो र बिचौलिया हाबी भएको बताउनुभयो ।
कार्यालय प्रमुख हेमन्त बहादुर सिहसङ्ग सम्पर्क गर्दा फाइल राख्दा तलमाथी भएर गल्ती भएको बताउनुभयो।
सुक्ला फाँटा नगरपालिका वडान ९ बाट बङगुर फर्म दर्ता गराउन आउनुभएको कुइरे थारुले अगिल्लो दिन टाेकन दिएर आज बोलाएपनी आफू बिहानै बाट लाइनमा बस्दा पालो नआउने तर बिचौलिया हरुले ल्याएको कामहरु अगाडि नै हुनु दुखलाग्दो कुरा भएको बताउनुभयो उहाँले कोरोना ले गर्दा व्यापार ब्यवसाय चौपट भएको बेला मजदुरी गर्ने समयमा आएर बङ्गुर फर्म दर्ता गर्न आउदा निकै सास्ती पाएको र कर्मचारी हरुले कोरोनाको बहाना बनाएर अनावश्यक झन्झट नगरेर सेवाग्राही को काम गर्नुपर्ने बराउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *