सेवा प्रवाह प्रभावकारी बनाउन गाउँपालिका अध्यक्ष चौधरीको निर्देशन

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १० जेठ/
जानकी गाउँ पालिकाका नवनिर्वाचित अध्यक्ष गणेश चौधरीले सेवाग्राहीहरुको सेवा प्रवाह छिटो छरितो गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
मंगलबार गाउँपालिकाको अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कर्मचारीलाई त्यस्तो निर्देशन दिएका हुन् । समयको व्यवस्थापन र श्रोत साधनको व्यवस्थापन गर्दै जानकी गाउँपालिकामा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिएर कार्यक्रम ल्याउने उनले बताएका छन् । नागरिकसँग मत माग्दा गरिएका प्रतिबद्धताहरु अक्षरसः पालना गर्ने बताउँदै अध्यक्ष चौधरीले गाउँपालिकाको निर्वाचनमा होमिएका सबै दलहरुको सहयोगको अपेक्षा समेत राखेका छन् ।
‘जानकीमा कोही पनि पक्ष, विपक्ष छैन, सबै मिलेर यो गाउँपालिकालाई बनाउने तर्फ लागौं । एउटै अध्यक्षले गरेर गाउँपलिकाको विकास सम्भव नहुन सक्छ ।”अध्यक्ष चौधरीले भने ” सबै एउटा टिममा बसेर काम गरे मात्रै नागरिकले सुविधा पाउँछन्, गाउँपालिकाको विकास हुन्छ । त्यसका लागि कोहि पक्ष र विपक्षमा नभएर एकै ठाँउमा उभिनुपर्छ ।
अध्यक्ष चौधरीले गाउँपालिकाका उपाध्यक्ष, सबै वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन् । झण्डै दुई दशक बढी समय पत्रकारितामा बिताएका चौधरी नागरिक उन्मुक्ति पार्टीबाट जानकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *