स्रष्टा मंचको कार्यालय स्थापना

शेयेर गर्नुहोस

टीकापुर ०७ कार्तिक
सुदुरपश्चिम स्रष्टा मंच टीकापुरको कार्यालय स्थापना गरिएको छ ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरेका हुन । कार्यालय उद्घाटन कार्यक्रममा नगर प्रमुख थारुले पछिल्लो समय पुराना कला संस्कृतीहरु हराउने अवस्थामा पगेको बताउँदै त्यसको संरक्षण गर्नु सबैको दाइत्व हुने बताएका छन् । उनले सबै कलाकार बन्न नसक्ने र कलाकार जता पनि समम्लित हुनसक्ने बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले कला, साहित्य र संस्कृतिको जगेर्ना गर्नु सरकारको दाइत्व पनि रहेको बताउँदै सरकार एक्लैले पनि सबै काम गर्न नसक्ने बताएका छन् । मंचका अध्यक्ष हिक्मत अविरलको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका महासचिव तथा कलाकार नवराज रावल, संगितकार शिशिर सादक, खप्तड सांस्कृतिक परिवारका अध्यक्ष भक्तराज देवकोटा लगायतले शुभकामना व्यक्त गरेका थिए । रमेश सोवले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचीव गोपाल विकले गरेका थिए ।

ताजा खबर

१५ गते प्रचण्ड टीकापुर आउने

१५ गते प्रचण्ड टीकापुर आउने

एक सय बढीले गरे रक्तदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *