शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर १२ भदौ /
बाल कल्याण संघ टीकापुरले वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल संगको साझेदारीमा टीकापुर नगरपालिका अन्तर्गतका शहरी स्वास्थ्य चौकिहरुलाई कोभिड-१९ बिरूद्धको खोप अभियानका लागि सहयोग सामग्रि उपलब्ध गराएको छ। संघले बिजयनगर शहरी स्वास्थ्य चौकिलाई कुर्सि ३थान, त्रिपाल १ थान, टेबल १ थान र दरी १ थान, रामपुर शहरी स्वास्थ्य चौकिलाई कुर्सि ३थान, पानि फिल्टर १ थान, टेबल १ थान र दरी १ थान, अश्नेहरी शहरी स्वास्थ्य चौकिलाई कुर्सि ३थान, पानी फिल्टर १ थान, र दरी १ थान, मनिकापुर शहरी स्वास्थ्य चौकिलाई कुर्सि ३थान, टेबल १ थान, त्रिपाल १ थान, र दरी १ थान, सत्ति शहरी स्वास्थ्य चौकिलाई कुर्सि ३थान, स्यानिटाईजर ५ लिटर,दरी १ थान र त्यसैगरी शहरी धनसिंहपुर स्वास्थ्य चौकिलाई कुर्सि ३थान, टेबल १ थान, दरी १ थान, स्यानिटाईजर ५ लिटर उपलब्ध गराएको छ।
बाल कल्याण संघले कोभिड-१९ प्रतिकार्य सबलिकरण परियोजना मार्फत कोभिड-१९ बिरूद्धको खोप अभियानमा स्वास्थ्य चौकिहरुलाई खोपकेन्द्र ब्यवस्थापनमा टीकापुर नगरपालिकासंगको सहकार्यमा स्वयंसेवक परिचालन गरिरहेको र रेडियो एफ.एम मार्फत बिभिन्न जनचेतनामुलक जानकारी प्रशारण गरिरहेको बाल कल्याण संघ टीकापुरका कार्यक्रम ब्यवस्थापक सुगम रेग्मीले जानकारी दिनुभयो।