पथरैया सिंचाई प्रणाली जल उपभोक्ता संस्थाको २१औं बार्षिक साधारण सभा

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी १२ भदौ /
पथरैया सिंचाई प्रणाली जल उपभोक्ता संस्थाको २१ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
वार्षिक साधारणसभाको उद्घाटन गर्दै जोशिपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले नेपाल कृषिप्रधान देश भएको बताउदै सिचाइ सबैको पहुँचमा हुनुपर्ने बताएका छन् । उनले गाउँपालिकामा कुनै पनि किसानलाई सिचाइ सुबिधाबाट बञ्चित हुन नपर्ने बताउँदै कृषि क्षेत्रलाई मुख्य प्राथमिकताका साथ अगाडि बढाइएको बताएका छन् ।कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष गीता कठरिया रहेकी थिइन्। वडा अध्यक्ष लखन लाल चौधरी,मूल चन्द रावत,खुशीराम चौधरी,सावित्रा चौधरी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपभोक्ता संस्थाका कोषध्यक्ष हिरा देवी डगौराले गत आर्थिक २०७८/०७र्८ मा ५३लाख ५८ हजार २ सय ७० बराबरको आयव्यय विवरण प्रस्तुत गरेकी थिइन । पथरैया सिंचाई प्रणालीका अध्यक्ष प्रेमबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लालजी कुश्मी र संचालन शेर बहादुर चौधरीले गरेका थिए ।

ताजा खबर

“आमा: अनन्त माया”

Leave a Reply

Your email address will not be published. Required fields are marked *