शेयेर गर्नुहोस
टीकापुर १७भदौ /
हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ अाैं साधारण सभा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
साधारण सभामा सुदूरपश्चिम प्रदेश सांसद लक्ष्मण किशोर चाैधरीले टीकापुर नगरपालिकाले तीनै तहको सरकारमा पुर्णरुपमा प्रतिनिधित्व पाइसकेको बताएका छन् । उनले सहकारीसँगै जोडिएको भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका साथै प्रदेशमा पनि सहकारीसँग जोडिएको अर्को मन्त्रालय पाएको अवस्थामा टीकापुरमा संचालित सहकारी संस्थाहरुले यसको सदुपयोग गर्न सक्नुपर्ने बताए । “देखासेकी र प्रतिस्पर्धा गर्नु राम्रो हो, तर त्यसको प्रतिफल सबल हुनु पर्यो ।” उनले भने “कुनै पनि व्यक्ति होस् या संघसंस्थाहरुले प्रतिस्पर्धा गर्न पनि जरुरी पनि छ ।”
सांसद चाैधरीेले कुनै पनि संघसंस्थाले आफ्नो परिवार, समुदायलाई सबल र सक्षम बनाउन लागे त्यो संस्था र व्यक्तिको अस्तित्व पनि नरहने समेत बताए । उनले चालु आर्थिक वर्षमा प्रदेश सरकारको बजेटमा टीकापुर थुप्रै कुराहरु समेट्न सकिएको समेत जानकारी दिएका छन् ।
कार्यक्रमका विशिष्ट टीकापुर नगरपालिकाका नगर उपप्रमुख खड्क शाहले टीकापुर नगरपालिका भित्र ७७ वटा सहकारी भएको बताउँदै २० वटा सहकारी संस्थाहरु अहिले सम्म सम्पर्क बिहीन अवस्थामा रहेको र केही सहकारी कागजमा मात्र सिमित रहेको बताए । उनले अबको युगमा सहकारी संस्थाहरुले बचत र ऋण लगानी मात्र गर्ने नभइ उत्पादन र उद्यमशिलता पनि विशेष जोड दिनु पर्ने बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले नगरपालिका भित्र धेरै सहकारी संस्थाहरु रहेको बताउँदै नामका मात्रै सहकारी संस्थाहरुको आवश्यकता के कति छ बुझ्न जरुरी रहेको बताएका छन् । उनले सम्पुर्ण सहकारीको स्थिति मापन गरी टीकापुर नगरपालिका भित्र संचालन भएका सहकारी संस्थाहरु समायोजन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक छविलाल जैशीले सहकारीहरु सुरुवात मजदुरबाट भएको बताउँदै सहकारीका सदस्यहरुलाई सहकारी भनेको बचत गर्नु हो भन्ने कुरा बुझाउन जरुरी रहेको बताउँदै सहकारीलाई जोगाउन सदस्यहरुको मुख्य भुमिका रहेको समेत बताएका छन् ।
सहकारीले असल बचत कर्ता नवराज देवकोटा, असल ऋणी चन्द्रा कुमारी भण्डारी, असल बजार प्रतिनिधि चन्द्रा कुमारी पाठक खनाल, संस्थाका संस्थापक अध्यक्ष हेमन्त राज भण्डारी माण्डव्य, निवर्तमान अध्यक्ष चक्रपाणी सापकोटा र पुर्व अध्यक्ष नारायण प्रसाद न्याैपानेलाई सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष महेन्द्र सिंह बमको अध्यक्ष्ातामा भएको कार्यक्रमको सञ्चालन कार्य समिति सदस्य पृथ्वीराज ढुङ्गानाले गरेको भने स्वागत ऋण समिति संयोजक कृष्णप्रसाद उपाध्यायले गरेका थिए ।