हिमालय माविको ४९ वार्षिकोत्सब सम्पन्न

शेयेर गर्नुहोस


लक्ष्मण विक, टीकापुर २४ मंसिर /
श्री हिमालय राष्ट्रिय माध्यमिक विद्यालय लम्कीफाँटा अमरावतीको ४९ अाैं वार्षिकोत्सब शुक्रबार सम्पन्न भएको छ ।।
विद्यालय व्यस्थापन समितिका अध्यक्ष तारा प्रसाद जैशी सञ्यालको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री मना कुमारी साउँदले बालबालिकालाई असल बनाउनका लागि अभिभावकले राम्रो संस्कार सिकाउन आवश्यक रहेको बताएकी छन् । उनले वाषिर्कोत्सव कार्यक्रममा बोल्दै आफूले शिलान्यस गरेको २ कोठे भवन र विद्यालयले बुझाएको माग पत्रमा उल्लेख गरिएको योजनालाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयको विकास यसको ठाउँको शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक विकासका लागि सुदुरपश्चिप प्रदेश सरकारबाट सम्बोधन गरिने समेत बताएकी छन् ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि रहेका सुदुरपश्चिप प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव गणेशबहादुर सिंहले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरु त्याग तपस्या गर्न आवश्यक रहेको बताएका छन् । उनले विद्याललयका शिक्षकहरु शैक्षिक गुणस्तरका लागि आफूले बनाएका योजना बारे अभिभावक र विद्यार्थी समेतलाई जानकारी गराउन आग्रह गरेका छन् । कार्यक्रममा जानकी गाउँपािलका वडा नं ९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले विद्यालयको विकासका लागि सुदुरपश्चिप सरकारले बजेट विनियोजन गर्न जरुरी रहेको बताउदै आगामी दिनमा बजेट विनियोजनका लागि आग्रह समेत गरेका छन् । उनले विद्यालयको विकासका लागि आफूहरुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी, सामजसेवी बुद्धिजिवि तथा विद्यालय व्यवस्थापन समिति पुर्व अध्यक्ष रतिराम भट्ट, आर्दश बाल एकाडेमी विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरालाल भाट, महेनद्र शिशु माध्यामिक विद्यालयका प्रधानाध्यपक खगेन्र न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै कार्यक्रममा विद्यालयको शैक्षिक विकास तथा क्रियाकलापमा सहयोग तथा योगदान दिएका विभिन्न व्यक्तिहरुलाई प्रशंसा पत्र र खादाले सम्मान गरिएको थियो । विद्यालयको विकासमा योगदान पुर्याएकोमा विद्यालय व्यस्थापन समितिका पुर्व अध्यक्ष श्यामप्रसाद चौधरी, रतिराम भट्ट, पदमबहादुर कुवर, हर्कबहादुर रावल, जनक बहादुर थापा, लालबहादुर साउँद, स्वर्गीय कृतिसिंह थापा, जयराज न्यौपाने, चक्र कठायत रहनु भएको छ । त्यस्तै विद्यालयको फर्निचर निर्माणमा सहयोग गरेकोमा कणर्ालीकरिडोर सामुदायिक वनका अध्यक्ष गोन्दि विष्ट, छतिवन सामुदायिक वनका अध्यक्ष डण्डीप्रसाद जैसीलाई प्रशंसा पत्र र खादाले सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न किसिमका नृत्य पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सुदुरपश्चिप प्रदेश सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री मनाकुमारी साउँदलाई विद्यालय व्यवस्थापन सिमतका अध्यक्ष ताराप्रसाद जैसीले ३ बुदें माग पत्र समेत बुझाएका छन् ।
विद्यालयका प्रधानाध्यापक डिल्लीराज विष्टले स्वागत गरेको कार्यक्रमको संचालन विद्यालयका सह प्रधानाध्यापक दिपक बोगटीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *