७८ समुदायमा कृतिम घट्ना अभ्यास सम्पन्न

शेयेर गर्नुहोस


लक्ष्मण विक, टीकापुर २३ जेठ /
विश्व बाताबरण दिवशको अवसर पारेर कैलाली र बर्दिया जिल्लाका बाढी प्रभाबित समुदायमा कृतिम नमुना घट्ना अभ्यास गरिने भएको छ ।
प्राक्टिकल एक्सन नेपाल र सामाजिक विकास तथा अनुसन्धान केन्द्र (सिएसडिआर) बाकेको साझेदारीमा संचालित नेपाल बाढी उत्थानशिल परियोजना अन्तरगत कैलाली र बर्दियाका बाढी प्रभाबित समुदायमा कृतिम घट्ना अभ्यास गरिएको सामाजिक विकास तथा अनुसन्धान केन्द्र (सिएसडिआर) बाके कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले जानकारी दिएका छन । उनले टीकापुर नगरपालिका जानकी गाउपालिका ३५ वटा समुदायमा र बर्दिया जिल्लाको राजापुर नगरपालिका का २४ वटा गेरुवा गाउपालिका १४ वटा समुदाय र मधुवन नगरपालिका को ५ वटा समुदाय गरि ७८ वटा समुदायमा एकै साथ कृतिम घट्ना अभ्यास सम्पन्न गरिएको बताएका छन् ।
कृत्रिम घटना अभ्यास कार्यक्रममा बोल्दै टीकापुर नगरपालिका वडा नं. ७ अध्यक्ष यज्ञ प्रसाद न्याैपानेले प्राकृतिक प्रकोप कोहि कसैलाई भनि नआउने भएकाले त्यसको सामना गर्नाका लागि सम्पुर्ण समुदायका मानिसहरुले तयारि अवस्थामा रहन आग्रह गरेका छन् । उनले संचालित कार्यक्रममा गरिएका घटना अभ्यास मात्र नभई प्रकोपका बेला आइपर्ने घटना भएको बताउँदै त्यसका लागि पुर्व तयारी आवश्यक रहेको बताएका छन् । उनले प्रकोपसँग जुन कोहि मानिस पनि लड्न नसक्ने बताउँदै त्यसको समाधान गर्न सकिने भएका कारण समाधानको बाटो तिर जान सकिने बताएका छन् । वडा अध्यक्ष न्याैपानेले प्रकोप भन्ने बित्तिकै बाढी मात्र प्राकृतिक प्रकोप नभई अन्य क्षेत्रहरु पनि हुनसक्ने बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका स्वास्थ्य शाखाका कमल रावलले विपतका समयमा विशेषगरी गर्वति, सुत्केरी, बालबालिकालाई बढि जोखिम हुने भएकाले विशेष ध्यान दिन जरुरी रहेको बताएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै टीकापुर नगरपालिका विपत तथा वातावरण शाखाकि निर्मला चाैधरीले यस आर्थिक वर्षमा नगरपालिकामा विपत तथा वातावरण शाखा रहेको बताउदै आउँदो आर्थिक वर्षमा विपत तथा वातावरण शाखा मात्र नभई विपत व्यवस्थापन कोष निर्माण गरिएको जानकारी दिएकी छन् । उनले टीकापुर नगरपालिकाबाट पुर्व सूचना कार्यमा समेत काम सुरु गरेको बताएकी छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी बल कालाकुण्डाका धन बहादुर सिंहले विपतको समय आउन लागेको बताउदै सम्पुर्ण समुदायलाई सचेत अवस्थामा रहन आग्रह गरेका छन् । उनले टीकापुर नगरपालिका भित्रका वडा नं. ७, ८ र ९ बढी बाढि प्रभावित क्षेत्र रहेको बताउँदै विशेषगरी समुदायमा बढि ध्यान दिन जरुरी रहेको बताएका छन् ।
विपत व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र प्रसाद रेग्मीको अध्यक्ष्ातामा भएको कार्यक्रमको सञ्चालन भोजराज ढुङ्गानाले गरेको थिए भने कार्यक्रमको आयोजना विपत व्यस्थापन समितिले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *