कर्णाली माविको स्वर्ण जयन्ती सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर २८ मंसिर/
कर्णाली माद्यामिक विद्यालयको ५० अाैं स्वर्ण जयन्ती समारोह मंगलबार सम्पन्न भएको छ ।
विद्यालयका शिक्षक अभिभावक समितिका अध्यक्ष मनिराम ढुङ्गानाको अध्यक्ष्ातामा भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावल रहेका थिए भने विशिष्ट अतिथि टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावल रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री डा. रावलले शिक्षाको क्षेत्रमा सुदुरपश्चिम प्रदेश कमजोर रहेको बताउँदै शिक्षा बिना कुनै क्षेत्रमा केहि विकास नहुने बताएका छन् । उनले शिक्षा देशको मुल आधार रहेको बताउँदै शिक्षाको जरा तितो र फल मिठो हुने समेत बताएका छन् । “शिक्षा भविष्यका लागि महत्त्वपूर्ण पासपोर्ट हो । जसले जिबनको महत्त्वपूर्ण गन्तव्य निर्धारण गर्छ ।” उनले भने “त्यसकारण पमि शिक्षा लिने कुरामा कुनै पनि कसुर बाँकि राख्नु हुन्न ।”
उनले किताबको घोक्ने कुराले उन्ति प्रगति गर्न नसकिने बताउँदै मानिसलाई बाहिरि ज्ञान आवश्यक रहेको र विद्यालयमा पढाउने किताबी ज्ञानले मात्र विद्यार्थीहरुको दिमाग भरिपूर्ण नहुने बताएक छन् । विद्यार्थीहरुको दिमागलाई बढि भन्दा बढि चलायमान बनाउनको लागि प्रयोगात्मक शिक्षा आवश्यक रहेको मन्त्री रावलले बताएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि नगरपालिकाका निवर्तमान नगर प्रमुख रावलले आफु नगर प्रमुख भएको पालाबाट आधारभुत तह सम्मको शिक्षालाई नगरपालिकाबाट नि:शुल्क शिक्षाको शुरूवात भएको बताउँदै अहिलेसम्म त्यसलाई निरन्तरता दिइएको बताएका छन् । उनले सामुदायिक विद्यालयहरुको रंग एउटै रहने, पुर्वाधार निर्माण, उप मेयर छात्रवृत्ति कार्यक्रम लगायत अन्य कार्यक्रम शुरु भएको समेत बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख दमन सिंह चाैधरीले सरकारले आधारभुत शिक्षालाई नि:शुल्क शिक्षा र अनिवार्य शिक्षा हुनुपर्ने भनि संविधानमा समेत उल्लेख गरिसकेको बताएका छन् । उनले आगामी दिनमा कक्षा ९ र १० लाई पनि नि:शुल्क शिक्षा गराउनु पर्नेमा छलफल चलिरहेको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक पुरन प्रसाद न्याैपाने, राष्ट्रिय माध्यमिक विद्यालय बटनपुरका प्रधानाध्यापक रविन्द्र कडायत, विद्यालयका पुर्व बिधालय व्यवस्थापन समिती अध्यक्ष नरेश्वर धमाला, विद्यालयका पुर्व अभिभावक संघका अध्यक्ष नवराज ढुङ्गाना, लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कपुर सिंह कडायत, सामुदायिक सहकारी संस्थाका अध्यक्ष हरिकुमार कार्की, सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउँद, नोबेल पब्लिक स्कुलका प्रिन्सीपल केशब धामी, राष्ट्रिय माध्यमिक विद्यालय मनिकापुरका प्रधानाध्यापक पुर्णाखर भाट, साविकको नारायणपुर गाविसका अध्यक्ष फकिर सिँह कडायत, खड्ग स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक केशर बहादुर रावल, स्रोत व्यक्ति टीकाराम जोशी, टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा विद्यालयका पुर्व विद्यार्थीमा सम्मानित बलिराम चाैधरी, टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपाने, टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्ला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालयबाट शिक्षा लिइ हाल उच्च पदमा रहेका रहेका पुर्व विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । जसमा क्रमशः रामलाल डगाैरा थारु, बलिराम चाैधरी, रामकृष्ण चाैधरी, पुरन प्रसाद न्याैपाने, सुमन प्रसाद तिमिल्सिना, कमल तिमिल्सिना, दमन सिंह चाैधरी, ललित ढुङ्गाना, विरबहादुर मगर, जगत बहादुर ठकुल्ला, नेत्र प्रसाद उपाध्याय, मुना घर्ती मगर, झरना बोहरा, लाैटन चाैधरी लगायतलाई सम्मानपत्र र दोसल्हाले सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा स्व. ताराराज शाही, स्व. दिलबहादुर घर्ती, स्व. नवल किशोर कर्ण, इमान सिंह खड्का, धनबहादुर खड्का, स्व. सुरेन्द्र बहादुर कुवँर, दीर्घ बहादुर ठकुल्ला, राजेन्द्र बहादुर शाही, यज्ञ प्रसाद न्याैपाने, नरेश्वर धमाला, डम्मर बहादुर मगर र पुर्व प्रधानाध्यापक स्व. ज्ञान बहादुर कुवँर र रविन्द्र कडायत लगायतलाई सम्म्मान गरिएको बताइएको छ । कार्यक्रममा विद्यालयलाई आर्थिक भाैतिक रुपले सहयोग गर्ने सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहलाई समेतलाई सम्मान गरेको छ । त्यस्तै विद्यालयले पुर्व विद्यार्थीहरु जुन राष्ट्रिय खेलसम्म पुगेका विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ । जसमा सोम प्रसाद चाैधरी, केशर मास्के, एकेन्द्र विक, पुजा चाैधरी र माधव भण्डारी सम्मानित भएका छन् भने विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गर्न सहयोग पुर्याउने भक्त बहादुर रावल र स्व. प्रेम प्रसाद जैशिलाई सम्मान गरिएको छ ।
साथै अनिस चाैधरी र पुजा साउँदलाई ९/९ हजार छात्रवृत्ति समेत वितरण गरिएको थियो । विद्यालयको स्वर्ण जयन्तीको अवसरमा विद्यालयले कर्णाली स्वर्ण जयन्ती स्मारिका २०७९ विमोचन गरेको छ । विद्यालयले जयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु गरि सप्ताह व्यापी कार्यक्रम समेत गरेको थियोे ।
विद्यालयका प्रधानाध्यापक जगविर शाहले स्वागत गरेको कार्यक्रमको संचालन विद्यालयका शिक्षक भिम बहादुर महरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *