प्रहरीद्वारा अबैध सामान बरामद

शेयेर गर्नुहोस

समाधान समाचार, टीकापुर ०७चैत /
ईलाका प्रहरी कार्यालय टीकापुरले भन्सार छली ल्याउदै गरेको करिब १ लाख ७० हजार बराबरको सामान बरामद गरेको छ ।
शुक्रबार रातिको समयमा साढे चार बजेतिर टीकापुर नगरपालिका वडा वडा नं.९ बाट से ५ प ९२५३नं. मोटरसाइकलमा लुकाई छिपाई भन्सार छली ल्याएको कपडा सहित मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिएका छन । गोप्य सूचनाको आधारमा बरामद गरिएको सामान आबश्यक कार्बाहीको लागि सत्ती भन्सार कार्यालय पठाउने तयारी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *