जनचेतनामूलक कार्यक्रम वडाको प्राथमिकतामा

शेयेर गर्नुहोस


टीकापुर ११ साउन/
टीकापुर नगरपालिका वडा नं. २ ले सामाजिक विकृति र विसंगतिलाई रोक्न जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ ।
विशेषगरी युवा पुस्तालाई जागरुक बनाउँदै समृद्धिको बाटोमा जोड्न उनीहरूको भविष्यलाई सुनौलो बनाउने तर्फ वडा कार्यालयले बर्सेनि विभित्र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । सिमित स्रोतसाधनका बाबजुद वडालाई समृद्ध बनाउन हरदम प्रयास गरिँदै आएको वडा अध्यक्ष दिपक चौधरी बताउँछन् । “हामी निर्वाचित भएको चार वर्षमा यहाँइओ स्रोतसाधनले सके जति काम गरेका छौँ ।” उनले भने, “जनताका असीमित अपेक्षा पूरा हुन सकेनन् होला तर जुन काम हामीले गरेका छौँ त्यसबाट सन्तुष्ट छौँ ।”
वडा कार्यालयले गत आर्थिक वर्षमा बालविवाह न्यूनीकरणका लागि तयार गरेको डकुमेन्ट्री यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ । मोबाइल फोनका कारण बालबालिकामा परेको असरलाई मध्यनजर गर्दै सिर्जनशील युवा समाज नेपालको प्राविधिक सहयोगमा तयार गएको भिडियो डकुमेन्ट्रीले सानो उमेरमा बिवाह गर्दाको नकारात्मक परिणामलाई प्रस्तुत गरेको छ । “परिवारले जति माया गर्दा पनि बालबालिका प्रती अभिभावक समयमा जिम्मेवार भएनन् भने त्यसले भोलि ठुलो पछुतो हुने कुरा डकुमेन्ट्रीमा प्रस्तुत गरिएको छ ।” डकुमेन्ट्रीका लेखक तथा निर्देशक राजेन्द्र विश्वकर्माले भने, “वडा कार्यालयले आफ्नो वडाको वस्तुस्थितिमा रहेर समग्र देश भरमा बढ्दै गएको घटनालाई प्रस्तुत गरेको छ ।”
वडा अध्यक्ष चौधरीले पनि डकुमेन्ट्री निकै राम्रो सन्देश मुलक बनेको बताउँदै वडाले खर्च गर्ने बजेटले दीर्घकालीन समयसम्म प्रभाव पार्न सकोस् भन्ने उद्देश्यले बालविवाह न्यूनीकरणको लागि सचेतनामुलक डकुमेन्ट्री तयार गरिएको बताए । उनले युवालाई सीपमूलक कार्यक्रम सँगसँगै सचेतनामुलक कार्यक्रम समेत सञ्चालन हुँदै आएको बताएका छन् । जेआर प्रोडक्सन हाउस एनपिएल युटुव च्यानलले प्रशारण गरेको भिडियो डकुमेन्ट्री अधिकांशले मन पराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *