जालवाको १४ औं साधारण सभा

शेयेर गर्नुहोस

टीकापुर ०४ चैत /
जालवा देवी सेवा समितिको १२ अाैं चुनावी अधिवेशन तथा २५ अाैं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सेवा समितिका अध्यक्ष हर्क बहादुर रावलको अध्यक्ष्ातामा भएको भएको चुनावी अधिवेशन तथा वार्षिक साधारणसभा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका बिना बिभागीय मन्त्री लक्ष्मण किशोर चाैधरीले टीकापुरमा अवस्थित धार्मिक संस्थाहरू मध्ये राम्रो काम गरेको बताउँदै उदाहणीय काम गर्दा समाजमा संस्थाप्रतिको आस्था अझ बढी सुदृढ हुने बताएका छन् । उनले संघसंस्था धार्मिक स्थलहरुलाई कुनै व्यक्ति विशेष वा कुनै जाति विशेषका लागि मात्र नहुने बताउँदै त्यस्ता संघसंस्था धार्मिक स्थल सम्पुर्ण जनसमुदाय र नागरिकको हुनु पर्ने समेत जोड दिएका छन् ।
“टीकापुर क्षेत्रमा थुप्रै संघसंस्था छन् । ती संघसंस्था कहिले जन्मिन छन थाहा हुदैन ।” उनले भने “आज उद्घाटन भएको संघसंस्था भोलि खोज्दा भेटिदैन । त्यस्ता संघसंस्थाले नियमित सञ्चालनमा आएका संस्थाहरु पनि बदनाम भएका छन । त्यसकारण संस्था जन्माउनु भन्दा त्यसलाई जीवन्त राख्नु महत्त्वपूर्ण कुरा हो ।” सेवा समितिको चुनावी अधिवेशन तथा वार्षिक साधारणसभा कार्यक्रममा सुदूरपश्चिम प्रदेश निति तथा योजमा आयोगका सदस्य जगत बहादुर सिंह रावलले आजको परिवेशमा थुप्र संघसंस्था जन्मिएको बताउँदै ती संघसंस्थाहरुले समय दिन नसकेका कारण विलाउँदै गएको बताए ।
वार्षिक साधारणसभा कार्यक्रमले मन्दिर निर्माणमा योगदान गर्ने व्याक्तिहरुलाई सम्मन गरे थियो । जस्मा स्व भक्त बहादुर रावल, संस्थापक महासचिव चक्रराज ढुङ्गाना, धनसिंह रावल र चेतमान रावललाई सम्मानपत्रले सम्मान गरेको छ भने ससस्त्र प्रबल टीकापुरका दिपक राज भट्टलाई कदर पत्रले सम्मान गरेको छ ।
सेवा समितिका महासचिव ध्रुव रावलले सञ्चालन गरेको चुनावी अधिवेशन तथा वार्षिक साधारणसभा कार्यक्रमको स्वागत समितिका निवर्तमान महासचिव करण बहादुर रावलले गरेका थिए । १२ औं चुनावी साधारण सभाबाट गोविन्द बहादुर रावल अध्यक्ष चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा तरक बहादुर रावल, महासचिव रमेश बहादुर रावल, सचीव जगत बहादुर विश्वकर्मा, कोषाध्यक्ष कृष्ण बहादुर रावल चयन भएका छन् । त्यसैगरी सदस्यमा काशीराम रावल, केशरबहादुर रावल, सत्यदेवी रावल, सारदा देवि रावल, भ्वान सिंह टमटा र तपेन्द्र बहादुर रावल चयन भएका छन् ।
लेखापरीक्षण समितीमा हर्कबहादुर रावलको संयोजकत्वमामा केशरबहादुर रावल, महेन्द्र रावल सदस्यमा चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *