विपद व्यवस्थापन सम्बन्धि तालीम सुरु

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी ०४ चैत /

स्थानिय विपद् व्यवस्थापन समिति र विपद् व्यवस्थापनमा सरोकारवालाहरुको भूमिका र दायित्व सम्बन्धि तीन दिने क्षमता अभिवृद्धि तालिम शुक्रबारबाट  सुरु भएको छ।

सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) धनगढीको आयोजना तथा मोफा जापान र वर्ल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालित सामुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजना अन्तर्गतमा भएको तालिममा भजनी नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका नगर उप प्रमुख, उपाध्यक्ष, वडाअध्यक्ष, स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी, विषयगत शाखा प्रमुख र सञ्चारकर्मीको सहभागिता रहेको छ।
उक्त क्षमता अभिवृद्वि तालिममा नेपालमा विपद् जोखिम सुशासन, स्थानीय विपद् व्यवस्थापन समितिको काम र कर्तव्य, आपतकालीन कार्यसञ्चालन केन्द्रको प्रावधान, पूर्वचेतवानी प्रणाली र प्रतिकार्य लगाएतका विविध विषयवस्तुमा केन्द्रित रहेर तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक भरत विकले बताएका छन् ।
तालिमको प्रशिक्षण राजकुमार परियार र कार्यक्रम सञ्चालन सिएसएसडी धनगढीका परियोजना अनुगमन अधिकृत संजय कुमार चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *