ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शेयेर गर्नुहोस

समाधान समाचार, टीकापुर २९ बैशाख /
कैलालीमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका ३५ वर्षीय मीन ठकुल्ला सवार मोटरसाइकललाइ ट्रकले ठकर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मंगलबार राति घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीस्थित पश्चिमबाट पुर्वतर्फ गइरहेको ना ४ ख ८९४० नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको से ५ प २२९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।मोटरसाइकल चालक ठकुल्लाको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक चुरे गाउँपालिका वडा नम्बर ६ फल्टुडे बस्ने ३३ वर्षीय चेतबहादुरलाई इलाका प्रहरीकार्यालय सुख्खडले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक सागर बोहराले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *