डा. गोविन्द केसी २० औं पटक अनशनमा

शेयेर गर्नुहोस


टीकापुर २७ भदौ /
सरकारले आफ्ना माग पूरा नगरेको भन्दै २०औं पटक डा. गोविन्द केसले धनगढीमा सत्याग्रह सुरु गरेका छन् ।
डा. केसीले आफ्ना माग पूरा गर्न सरकारलाई दुई साताको अल्टिमेटम दिएका थिएको भएपनि दिएको अल्टिमेटम समाप्त हुँदासमेत सरकारबाट कुनै किसिमको ‘रेसपोन्स’ नआएका कारण आफूअनशन बस्न बाध्य भएको बताएका छन् । ‘पटक–पटक प्रधानमन्त्री देउवाले माग सम्वोधन गर्ने आश्वासन दिएका थिए । आश्वासन मात्रै पाइयो । पूरा कहिल्यै भएनन् ।” डा. केसीले भने, ‘तर आश्वासन मात्र दिए काम नगरेकाले प्रधानमन्त्रीको गृह क्षेत्रमा आएर सत्याग्रह सुरु गर्न थालेको हुँ ।’
स्वास्थ्य क्षेत्रका समस्याप्रति सरकार कत्ति पनि गम्भीर नभएको बताउँदै आफुले २० औं पटक अनशन बन्न सरकाले नै बाध्य बनाएको बताएका छन् । प्रधानमन्त्रीकै गृहप्रदेश भए पनि सुदूरपश्चिममा स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको बताउँदै डा. केसीले भने, “देउवाको गृह प्रदेश पनि हो । तर स्वास्थ्य क्षेत्रमा निकै कमजोर अवस्था पनि यहीँ छ, त्यसैले २० औं सत्याग्रहका लागि धनगढी रोजेको हुँ ।’
चिकित्सा क्षेत्र सुधारका लागि लामो समयदेखि संघर्षरत डा. केसी यसअघि डडेलधुरामा १९ दिन अनशनमा बसेका थिए ।

ताजा खबर

आँखा शिविरमा तीन सय ५२ को उपचार

“आमा: अनन्त माया”

Leave a Reply

Your email address will not be published. Required fields are marked *