डिजिटल सारक्षता सम्बन्धि २दिने अभिमुखिकण कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी १३ असोज /
कैलाली जिल्लाको भजनी नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरूको क्षमता विकास र लैगिङ्क उत्तरदायी तथा समावेसी स्थानिय सरकार प्रवर्द्धन परियोजना अन्तर्गत डिजिटल सारक्षता सम्बन्धि २दिने अभिमुखिकण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) र जुरी नेपालको आयोजनामा निर्वाचित महिला जनप्रतिनिधि र नगर स्तरिय अपाङ्ग संरक्षण समितिलाई डिजिटल सारक्षता क्षमता विकास र लैगिक उत्तरदायी तथा समावेशी स्थानीय सरकार अन्तर्गत दुई दिने अन्तरकृर्या कार्यक्रम सम्पन्न भएको छ ।
उक्त दुइदिने समापन अन्तकृया कार्यक्रममा महिला जनप्रतिनिधिहरु र नगर स्तरीय अपाङ्ग संरक्षण समिति र दीगो विकास भजनीका धनिराम राजी लगाएतको उपस्थित रहेको छ ।कार्यक्रममा विषय वस्तुमा अन्तरकृर्या कार्यक्रम सम्पन्न गरिएको थियो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ नेपालको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता चक्र बहादूर बिकले गरेका थिए भने उक्त कार्यक्रममा डिजिटल साक्षरताको अर्थ महत्व र आवश्यता तथा विधुतीय शासन प्रणाली, समता समानता नारीवादको प्रवर्द्धन साथै डिजिटल टुलहरु जस्तै वेभसाइट,ईमेल, सामाजिक सञ्जाल, एप्सको पहिचान र प्रयाेग,सूचनाको हक असलशासनका हेलो सरकार,हेलो सिएम,नागरिक एप्स तथा आर्थिक गतिधिवि बारेमा जानकारी दिनुभयो थियो।साथै यसअघि कैलारि गाउँपालिका, र धनगढी उपमहानगरपालिकामा यो सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको थियो। कार्यक्रममा भजनी नगरपालिकाका सूचना अधिकृत चन्द्रदेव भट्ट र भजनी नगरपालिका कर्मचारी टंक ओझाले भजनी नगरपालिकाको सूचना सम्बन्धी जानकारी गराएका थिए। कार्यक्रमका प्रमुख प्रशिक्षक चुन गुरुङ्गले गरेको। कार्यक्रमको सहजीकण (NNDSWO) का सामाजिक विकास अधिकृत प्रकाश पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *