शेयेर गर्नुहोस
टीकापुर २४ असोज/
ईलाका प्रशासन कार्यालय टीकापुरबाट गत आर्थिक वर्षमा तीन हजार भन्दा बढीले नेपाली राहदानी बनाएका छन् ।
ईलाका प्रशासन कार्यालयमा आर्थिक वर्ष २०८२/०८३ मा तीन हजार तीन सय २७ जनाले राहादानी बनाएका हुन । ईलाका प्रशासन कार्यालय टीकापुरले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्षको साउन महिनामा एक सय २६ जना महिला र दुई सय ४४ जना पुरुषले राहादानी बनाएका थिए ।
भदौमा महिनामा ८८ जना महिलाले नेपाली राहदानी बनाउँदा एक सय ६७ जना पुरुषले राहदानी बनाएको कार्यालयले जनएको छ । असोजमा एक सय ४७ जना महिला, तीन सय ६ जना पुरुष, कार्तिकमा एक सय १५जना महिला, दुई सय ४१ जना पुरुषले कार्यालयमा राहादानी बनाएका थिए ।
त्यसैगरी मंसिर महिनामा एक सय ६९ जना महिला, तीन सय २६ जना पुरुष, पुसमा ९८ जना महिला, दुई सय २३ जना पुरुष, माघ महिनामा एक सय तीनजना महिला, दुई सय ६२ जना पुरुष तथा फागुनमा ८५ जना महिला, एक सय ७४ जना पुरुषले राहादानी बनाएको कार्यालयले जानकारी दिएको छ ।
चालु आर्थिक वर्ष २०८३ /०८४ मा भने असोज १४ गतेसम्म मात्रै दुई हजार तीन सय सय ४३ जनाले राहादानी बनाएको तथ्यांक छ । चालु आर्थिक वर्षको साउन महिनामा एक सय ५२ जना महिला, तीन सय जना पुरुष , भदौमा एक सय २१ जना महिला, दुई सय ८४ जना पुरुष तथा असोज १४ गते सम्म ७० जना महिला, एक सय ५७ जना पुरुषले राहादानी बनाएका छन् ।
ईलाका प्रशासन कार्यालयले हुलाकमार्फत हालसम्म ४० जनाले राहादानी घरसम्म पुर्याएको छ । ईलाका प्रशासन कार्यालय टीकापुरबाट कैलालीक जिल्ला भित्रका विभिन्न स्थानीय तहबाट सेवाग्राही सेवा लिन आउने गर्छन् ।










