नोबेलको १२ औ साधारण सभा

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर १४ माघ
/ नोबेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं मसाधारण सभा मंगलबार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष लालसिंह टमट्टाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि एवम् महालक्ष्मी विकास बैंँक टीकापुर शाखाका प्रवन्धक खगेन्द्रबहादुर साउँदले नोबेल बचत तथा ऋण सहकारी संस्था कोरोना महामारीमा पनि नाफामा गएकोले व्यवस्थापन पक्ष राम्रो रहेको बताएका छन् । उनले सहकारीले कर्जा लगानी बढी गरेका कारण फाइदामा रहेको बताउँदै निक्षेप संकलनमा ध्यान दिन सके थप आम्दानी लिन सकिने बताएका छन् ।
सहकारीका अध्यक्ष टमट्टाले ६ लाखबाट शुरु भएको सहकारीमा हाल ८० लाख शेयर पूँजी पुगेको बताउँदै सबैको सहयोगका कारण संस्था विकासको बाटोमा अघि बढेको र संस्थाले सीपमूलक, सामाजिक र परोपकारी कार्यमा लगानी गर्दै आएको बताएका छन् ।
सहकारी संस्था आर्थिक वर्ष २०७६÷०७७ मा ५ लाख ७५ हजार ७ सय ५७ रुपैयाँ नाफा कमाउन सफल भएको छ । सहकारीमा ७ सय ४८ जना शेयर सदस्य रहेका छन् ।
साधारण सभामा जेष्ठ नागरिक सहित विभिन्न ब्यक्तिलाई सम्मान गरिएको छ । सभामा जेष्ठ नागरिक जोगी टमट्टा, नयाँराम टमट्टा, शेरे कामीलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको छ । त्यस्तै, स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान दिने करिसिंह भूल, कृषि क्षेत्रबाट थिरज दास, सञ्जय विक, व्यवसायी तपेन्द्र विक, अशोक कसारा, शिक्षक तथा ब्यापारी गणेश विकलाई सम्मान गरिएको छ ।
उत्कृष्ट बचतकर्ता बलबहादुर विक, उत्कृष्ट कारोबारी कुवेर सोव, उत्कृष्ट बजार प्रतिनिधि धनदास चौधरी र उत्कृष्ट कर्मचारी लेखापाल प्रकाश सुनारलाई सम्मान गरिएको छ । कार्यक्रमको उपाध्यक्ष जीतबहादुर आउजीले स्वागत गरेका थिए भने सञ्चालन सचिव नारायण विश्वकर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *