पहिरोको जोखिममा पर्यो मलाता

शेयेर गर्नुहोस


समाधान समाचार,
अछाम ०६ भाद्र/
यहि भाद्र दुई गते अछामको रामारोशन गाउँपालिका कैलाश खोलामा आएको बाढिले कटान गरेसंगै वडा नं. १को मलाता गाउँ जोखिममा परेको छ।
खोलाको कटानले शुक्रबार राती कुलिभानमा भीषण पहिरो जादा गाउँ पहिरोको उच्च जोखिममा रहेको हो। स्थानीयको मेलापात गर्ने कुलिभानमा पहिरो जादा स्थानियबासी त्रसित बनेका छन। पहिरोले लाखौंको क्षति गरेको स्थानिय दिनेश खनालले जानकारी दिएका छन। उनका अनुसार पहिरो जाने क्रम जारी रहेकोले मलाताको सिंगो गाउँ पहिरोको उच्च जोखिममा परेको छ। स्थानीयले पहिरोको उच्च जोखिम भएपछी सुरक्षित ठाउँको खोजी गर्न थालेको खनालले बताए।
कैलाश खोलामा आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ भने १७ जना मध्ये ११ जना अझै बेपत्ता छन।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *