सुदूरपश्चिमका ४हजार बढीले जिते कोरोना

शेयेर गर्नुहोस


 समाधान समाचार,
टीकापुर ०६ भाद्र/
सुदुरपश्चिम प्रदेशमा झन्डै ४ हजार बढिले कोरोना जितेर घर फर्किएका छन।
शुक्रवार मात्रै सुदूरपश्चिमका ३१ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा दार्चुलाका २३, बाजुराका सात र सेती प्रादेशिक अस्पतालबाट एक जना गरी ३१ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। योसंगै प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या चार हजार तीन सय ७४ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार दुई सय ९८ जना कोरोना मुक्त भएका छन्।
अछामका सात सय १२,  कञ्चनपुरका पाँच सय ८०, डोटीका पाँच सय ७६, बैतडीका तीन सय २१ र डडेल्धुराका दुई सय ९९ जनालाई डिस्चार्ज गरिएको छ।बाजुराबाट चार सय ३६, बझाङबाट एक सय १० र दार्चुलाबाट ३६ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस सात सय ५२ रहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या ५ हजार तीन सय १५ पुगेको छ भने १२ जना संक्रमितको मृत्यु भएको छ।
संक्रमण पुष्टि भएका र लक्षण देखिएका ६४ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ। अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेका छन्।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *