प्रशासनमा कर्मचारी टीकाउनै मुस्किल : गृह सचिव सिंह

शेयेर गर्नुहोस


टीकापुर २४ कार्तिक /
गृह सचीव विनोद प्रकाश सिंहले प्रशासन क्षेत्रमा कर्मचारी टीकाउन मुस्किल हुने गरेको बताउनुभएको छ ।
ईलाका प्रशासन कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुहुँदै गृह सचीव सिंहले कामको चापका कारण प्रशासन क्षेत्रमा कर्मचारी टीकाउन मुस्किल हुने गरेको बताउनुभएको हो । “राज्यबाट नागरिकहरूका लागि थप हुने सेवासुबिधाहरु गृह मन्त्रालय मार्फत थप हुँदै गएका छन् भने जनशक्ति थप हुने कुरामा समस्या हुँदै आएको छ । ” गृह सचीव सिंहले भन्नुभयो, “भएको जनशक्ति पनि कामको चाप बढी हुने भएकोले प्रशासनमा बस्न मान्दैनन् ।” उहाँले कर्मचारीलाई प्रशासन क्षेत्रमा टीकाउनका लागि थप सेवासुबिधाको व्यवस्थापन गर्न आवश्यक देखिएको बताउँदै त्यसमा मन्त्रालयले समन्वय गइरहेको बताउनुभएको छ ।
सेवाग्राहीका दृष्टिकोणले ईलाका प्रशासन कार्यालय टीकापुरमा जनशक्ति थप गर्ने कुरामा आफ्नो ध्यानाकर्षण भएको बताउँदै गृह सचीव सिंहले एघार जना कर्मचारीले कैलालीको कुल जनसंख्याको एक तिहाइ सेवाग्राहीलाई सेवा प्रवाह गर्नु चानचुने कुरा नभएको बताउनुभयो । “समस्या देशैभरका प्रशासनम छ । कामको चाप बढी, जनशक्ति कम हुँदा सेवा प्रवाह समस्या देखिनु स्वभाविक पनि छ ।” सिंहले भन्नुभयो, “ईलाका प्रशासन कार्यालय टीकापुरको कार्यालय व्यवस्थापनसँगै कर्मचारी व्यवस्थापनमा गृहको ध्यान जानेछ ।”
२०७७ पौष २६ गते प्रशासन कार्यालयको भवन निर्माणका लागि नागार्जुन कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । २०७९ पौष २५ गते सम्पन्न गर्नुपर्ने भवनको काम निर्माण कम्पनीले समयभन्दा अगाडि २०७९ असोज ७ गते नै सम्पन्न गरिसकेको थियो । तीन करोड २३ लाख ८८ हजार पाँच सय ३१ रुपैयाँको लागतमा भवन निर्माणको लागि सम्झौता भएको थियो ।
ईलाका प्रशासन कार्यालय टीकापुरमा कैलालीका पाँचवटा स्थानीय तहका सेवाग्राही सेवाका लागि आउने गरेका छन् । टीकापुर, भजनी, लम्कीचुहा नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाका करिब तीन लाख १५ हजार सेवाग्राहीले प्रशासन कार्यालयबाट सेवा लिने गरेको कार्यालयका प्रमुख पुष्कर खड्काले बताउनुभयो । “दैनिक ७० देखि ८० नयाँ नागरिकता, ५० देखि ६० नागरिकताको प्रतिलिपी लिनको लागि मात्रै सेवाग्राही प्रशासनमा आउने गर्नुभएको छ ।” कार्यालय प्रमुख खड्काले भन्नुभयो, “जनशक्ति निकै कम छ । भएको दरबन्दी अनुसार पनि कर्मचारी व्यवस्थापन हुन सकेको छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *