मन्त्री भट्ट र नेम्वाङले गरे सडकको संयुक्त सिलान्यास

शेयेर गर्नुहोस


झलनाथ खनाल
भजनी १३ मंसिर /
हुलाकी सडक अन्तर्गत लम्की–टीकापुर–खक्रौला सडक खण्डको संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले संयुक्त रुपमा सडकको शिलान्यास गर्नुभएको छ । उद्योग वाणिज्य तथा यातायात मन्त्री भट्टले कुनै पनि कुरालाई पुरानै नजरले हेर्न उपयुक्त नहुने बताउँदै सरकारले देशको मुहार फेर्ने गरी विकास र समृद्धिका योजनाहरु कार्यान्वयन गरिरहेको बताउनुभयो । ‘हामी नयाँ संरचनामा छौं । त्यसैले हाम्रो मानसिकता पनि नयाँ हुन जरुरी छ ।’ मन्त्री भट्टले भन्नुभयो, ‘पुरानो मानसिकताले हेरे सबै पुरानै देखिन्छ । अब नयाँ सोचका साथ काम गरौं ।’
नेपाल सरकारका भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङले लम्की–टीकापुर–खक्रौला सडक समयमा नै निर्माण सम्पन्न हुने गरी काम सुरु गरिएको बताउनुभएको छ । उहाँले नेपाल भारत र चीनलाई जोड्ने टीकापुरबाट सुरु भएर ताक्लाकोट जोड्ने सेती लोकमार्गको काम दुई खण्डमा सुरु गरिने र चाँडै निर्माण सम्पन्न गर्ने गरी काम हुने बताउनुभयो । उहाँले पूर्व–पश्चिम राजमार्ग चार लेनको बनाउन सरकार लागेको बताउँदै टीकापुरको खक्रौलादेखि खिमडीसम्मको जलयात्राको सम्भावना अध्यान गरी चाँडै निर्माण गरिने समेत बताउनुभएको छ ।
‘पूर्व पश्चिम विद्युतीय रेलमार्गलाई चाँडै गड्डाचौकी पु¥याउने गरी काम भइरहेको छ ।’ मन्त्री नेम्वाङले भन्नुभयो, ‘हामी सुखी नेपाली, सम्बृद्ध नेपालको परिकल्पना अब भनेर नभई गरेर त्यसको परिणाम देखाउने अवस्थामा पुगेका छौं ।’
हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदमबहादुर मडैले पहिलै शिलान्यास भइ निर्माण भएको सडक सन् २०१४ मा नै भारतीय कम्पनीबाट भएको र अहिले स्तरोन्नतीका लागि शिलान्यास भएको बताउनुभयो । हुलाकी सडक योजना कार्यालयका अनुसार २७.५ किलोमिटर सडक खण्डको स्तरोन्नती ३० महिनामा हुने भएको छ । १ अर्ब १४ करोड लागतमा ३ प्याकेजमा स्तरोन्नती हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *