महिला प्रतिनिधिहरुलाई १ दिने तालिम कार्यकम

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०४ पुस/
नारी परियोजनाबाट स्थानीय स्तरको योजना प्रकृया, लैङ्गिक उत्तरदायी कार्यक्रम, स्वास्थ्य प्रणाली, यौन तथा प्रजनन् स्वास्थ्य र आपतकालीन व्यवस्थापन ” सम्बन्धि निर्वाचित महिला प्रतिनिधिहरुलाई एक दिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।

वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल तथा अस्ट्रेलियन गैर सरकारी संस्था सहयोग कार्यक्रमको आर्थिक सहयोगमा बाल कल्याण संघ टीकापुरको आयोजना तथा टिकापुर, भजनी र घोडाघोडी नगरपालिकाको कार्यालयको समन्वयमा उक्त कार्यक्रम टिकापुरमा सम्पन्न भएको हो । बाल कल्याण संघका अध्यक्ष श्री धन बहादुर बि.क. को अध्यक्षता उक्त कार्यक्रम सम्पन्न गरियको थियो भने कार्यक्रममा टिकापुर नगरपालिका उपप्रमुख केशरी बिष्ट लगायत तिन वटा स्थानीय तहबाट १९ जना निर्बाचित महिला जन-प्रतिनिधि हरुको सहभागिता रहेको थियो । उक्त तालिम कार्यक्रममा सहजकर्ताको रुपमा भोज सिंह खड्का, नारी परियोजना संयोजक अशोक रावल तथा टिकापुर नगरपालिका बाट आर्थिक प्रशासन प्रमुख लक्ष्मी ओडले गर्नु भयको थियो । कार्यक्रममा स्थानीय स्तरको योजना प्रकृया, लैङ्गिक उत्तरदायी कार्यक्रम, स्वास्थ्य प्रणाली, यौन तथा प्रजनन् स्वास्थ्य र आपतकालीन व्यवस्थापन बारे छफफल गरियको थियो । महिला जन प्रतिनिधिहरुको क्षमता अभिवृदी गरि स्थानीय स्तरमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न , साथै नीतिमा पनि सो संग सम्बन्धित महिला का मुद्दा हरु लाई समाबेश गर्न लागि पैरवी गर्न सक्षम बनाउने उद्देश्यले उक्त कार्यक्रम सपन्न गरियको थियो । सहभागीहरुले कार्यक्रम प्रजनन स्वास्थ्य क्षेत्रको लागि धेरै महत्पूर्ण हुनुको साथै आगामी दिनमा वडा स्तर बाटनै महिलाका यौन तथा प्रजनन स्वास्थ्यको मुद्दा हरुमा पैरवी गर्ने प्रतिबद्दता पनि ब्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *