माइलेज च्यालेन्ज प्रतियोगितामा कठरिया प्रथम

शेयेर गर्नुहोस


टीकापुर २६ मंसिर /
यमाहा कम्पनी एक सय २५ शिसी सलुटो मोटरसाइकलको माइलेज च्यालेन्ज प्रतियोगितामा हिरालाल कठरिया प्रथम भएका छन् ।
एमाहा मोटरसाइकलको आधिकारिक बिक्रेता जानकी कम्लिट अटो केयर प्रालि टीकापुरले आयोजना गरेको सलुटो मोटरसाइकलको माइलेज च्यालेन्ज प्रतियोगितामा कठरियाले एक सय ८०एमएल पेट्रोलमा १७ दशमलव ५ किलोमीटर मोटरसाइकल चलाएर प्रथम भएका हुन । त्यस्तै देव बहादुर चौधरी दोस्रो र राजेश चौधरी तेस्रो भएका छन् । उनीहरूले क्रमश १७ दशमलव ५ किलोमिटरको दुरी एक सय ९० एमएल र एक सय ९५ एमएल पेट्रोलमा पूरा गरेको प्रालिका सञ्चालन हेमन्त रावलले जानकारी दिएका छन् ।
२२ जनाको प्रतिस्पर्धा रहेको उक्त प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले ट्रफी र प्रमाणपत्र सम्मान गरिएको रावलले बताए । प्रतियोगितामा कम्पनीका एरिया सेल्स म्यानेजर विवेक चौधरी, रिजनल सेल्स मेनेजर अस्विन बुढाथोकी र सर्भिस इन्जिनियर शंकर शाहले समेत उपस्थिति रहेको थियो कार्यक्रमको सञ्चालन भरत भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *