शेयेर गर्नुहोस
टीकापुर १३ फागुन /
बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको लाइलेज टेस्टमा लक्ष्मण चौधरी प्रथम भएका छन् ।
कम्पनीको आधिकारिक बिक्रेता जैमिनी अटोमोटिभ्स कम्पनी लिमिटेडको समन्वयमा भएको उक्त माइलेज टेस्टमा चौधरी प्रथम भएका हुन । उनले एक लिटर पेट्रोलमा ८९ किलोमीटरको दुरी पार गर्दै उपाधी जितेका छन् । प्रथम भएका चौधरीले ७ हजार नगद सहित ट्रफी हात पारे ।
त्यस्तै प्रतियोगितामा गरिबलाल चौधरीले दोस्रो स्थान हासिल गरेका छन् । एक लिटर पेट्रोलमा ८८ किलोमीटरको दुरी पार गरेका उनले पाँच हजार नगद सहित ट्रफी हात परे भने प्रतियोगितामा तेस्रो स्थान मुकेश बहादुर शाहले हासिल गरेका छन् शाहले एक लिटरमा ८६ किलोमीटर दिरी पार गर्दै तीन हजार नगद सहित ट्रफी जितेका छन् ।
माइलेज टेस्टमा ६३ जनाले सहभागिता जनाएका थिए । माइलेजका हिसाबले प्लाटिना सबैभन्दा विश्वसनीय र भरपर्दो मोटरसाइकल भएको उल्लेख गर्दै जैमिनी अटोमोटिभ्स कम्पनीका प्रबन्धक कृष्ण प्रसाद बजगाई उपाध्यायले त्यसैले पनि ग्राहकको मन जितेको बताएका छन् ।










