मानव अधिकार शान्ती समाजको २७ औं चुनावी साधारण सभा

शेयेर गर्नुहोस


टीकापुर ३० कार्तिक /
मानव अधिकार तथा शान्ती समाज कैलालीको २७ औं चुनावी साधारण सभा सम्पन्न भएको छ ।
सोमबार टीकापुरमा भएको उक्त २७ औं चुनावी साधारण सभाले राजमती चौधरीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपसभापतिमा नरबहादुर बोगटी चयन भएका छन् । त्यसैगरी सचिवमा रमेश विक, सहसचिवमा प्रतीक्षा चौधरी, कोषाध्यक्षमा मिला चौधरी चयन भएको निर्वाचन अधिकृत टेकबहादुर सार्कीले जानकारी दिएका छन् ।
टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशिष्ट अतिथि टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विक र मानव अधिकार शान्ती समाजका केन्द्रिय महासचिव प्रकाश शाही रहेका थिए ।
कार्यक्रममा सामुदायिक पुस्तकालयका अध्यक्ष जगन्नाथ रिमाल
नेकपा एमाले नगर कमिटी सचिव भानुभक्त जैसी
नेपाली काँग्रेसका प्रतिनिधि मोहन प्रसाद उपाध्याय लगायतको सहभागिता रहेको थियो । भोजराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत भुपेन्द्र पुनमगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *