दर्ता बालबालिका परिवारलाई व्यवसाय योजना सम्बन्धी ३दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी ०३ चैत/
कैलालीको भजनी नगरपालिकामा तीन दिने व्यवसाय सुरु तथा सुधार तालिम सम्पन्न भएको छ ।
दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले आयोजना गरेको तालिम सम्पन्न भएको हो । परियोजना लागु भएका वडा कार्यालय र दिगो विकास समाज भजनीको सहकार्यमा छनोट भएका दर्ता बालबालिकाका परिवारहरूका साना व्यावसायीहरुको सहभागिता रहेको थियो । तालिममा भजनी नगरपालिका वडा नं १,२,३,४,५,७ र९का सिमानाकृत समुदायहरूको सहभागिता रहेको थियो ।
गत आर्थिक बर्षमा पनि एकदमै साना व्यवसायहरुलाई सञ्चालन गर्दै आइरहेका ६० जना साना व्यवसायहरुलाई व्यवसाय प्रकृति अनुसारको सामग्री र सीप तालिम दिएको स्मरण यस वर्षमा पनि दर्ता गरिएका बालबालिका वा परिवारलाई १५जना लाई उनीहरूको रुचाइएको व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री र सिप तालिम दिइने कुरा पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अधिकृत विनोद शाहले बताए।
सीमान्तकृत वर्गहरूको व्यावसायिक सीप विकास मार्फत आर्थिक आम्दानी वृद्धि गर्ने, उद्यमशील व्यक्तिहरूमा हुने पर्ने व्यावसायिक गुणका बारेमा जानकारी गराउने, व्यावसायिक योजना निर्माण प्रक्रियाका बारेमा जानकारी गराई योजना निर्माण गर्ने, व्यवसायमा लाग्ने खर्चका बारेमा जानकारी गराई प्रर्ति इकाई लागत खर्चका बारेमा जानकारी गराउने र आर्थिक सम्बृद्धिका माध्यमबाट वाला संवृद्धि हासिल गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अधिकृत शाहले बताएका छन् ।
तालिम समापन कार्यक्रममा बोल्दै भजनी नगरपालिकाका वडा नं. ३ का वडा सदस्य सत्रुधन चौधरीले कृषि तथा व्यावसायिक क्षेत्रमा दिगो विकास समाज भजनीले निकै राम्रो काम गरिरहेको बताए । ४ दिने तालिममा सिकेका कुराहरू आफ्नो व्यवहारमा लागु गर्न समेत उनले सहभागीहरूलाई आग्रह समेत गरेको छन् ।
चैत१ गते बाट सुरु भएको तालिम चैत्र ३ गते सम्म सञ्चालन भएको थियो । दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारको सभाध्यक्षमा कार्यक्रम समापन भएको थियो थियो । कार्यक्रममा दिगो विकास समाज भजनीका प्रेम पाण्डेय र प्रेमा विक रहनु भएको थियो कार्यक्रमको सहजीकरण प्रशिक्षक मिना जोशी र अनिता श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *