शेयेर गर्नुहोस
टीकापुर १५ पुस /
खड्ग बहादुर सिंह स्मृति प्रतिष्ठानको ३८ औं श्रद्धाञ्जली कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
खड्ग बहादुर सिंह स्मृति प्रतिष्ठानका अध्यक्ष लाल बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका संस्थापक नगर प्रमुख पदम बहादुर रावल प्रमुख अतिथि रहेका थिए । प्रतिष्ठानले परिकल्पनाको टीकापुरलाई “ग्रिन टीकापुर, क्लीन टीकापुर” को कार्यक्रममा सहयोग पुर्याउने लाल बहादुर गुरुङ लगात ६८ वटा व्यक्ती तथा संघसंस्थाहरुलाई प्रसंनसा पत्रबाट सम्मान पनि गरिएको थियो ।
साथै खड्ग चोकमा रहेको स्वा. खड्ग बहादुर सिंहको सालीकमा माल्यार्णपण पनि गरिएको थियो । कार्यक्रममा नागरिक समाजका भिमराम चपाईले हाम्रो मन सफा र सुन्दर भए टीकापुर नगर आफैमा सुन्दर रहने बताएका छन् । उनले टीकापुरलाई अझै परिकल्पनाको टीकापुर बनाउँन सबै नागरिक जिम्मेवार हुन जरुरी रहेको समेत बताएका छन् ।
समाजसेवी मोहन प्रसाद उपाध्याय, ललितजंग शाही, खड्ग स्मृति माध्यमिक विद्यालय टीकापुरका झनकराज ओझा, धनजय तिमिल्सिना, नरबहादुर रावल, पुर्ण बहादुर विष्ट लगायतले श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।
समाजसेवी बलबहादुर रावलले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका आजिवन सदस्य कमल बहादुर ठकुल्लाले गरेका थिए ।










