शेयेर गर्नुहोस
टीकापुर १६ जेठ /
जानकी गाउँपालिकाको वडा नं. ४ को मुनुवामा बालबालिकाहरूलाई बाल विवाह , बहु विवाह लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतनामुलक कार्यक्रम भएको छ । जानकी गाउँपालिका वडा नं. ४ को आयोजनामा भएको कार्यक्रमको अध्यक्षता वडा सदस्य मोहन डँगौरा थारुले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथी ईलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी निरीक्षक बलेन्द्र नाथले लागुऔषध दुर्व्यसनीका कारण समाजमा अन्य सामाजिक अपराधका घटान बढ्ने भएकाले त्यसतर्फ युवाहरू सचेत हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा लैङ्गिक हिंसा सम्वन्धी प्रशिक्षण समेत दिएका प्रहरी निरीक्षक नाथले लैङ्गिक हिंसाको कारण पनि दुर्व्यसनी भएको बताएका छन् । कार्यक्रममा बाल र बहु विवाह विरुद्धको लघु नाटक मञ्चन गरिएको थियो । कर्यक्रममा बालबालिका, बाल क्लवका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, बडघर, सरोकारवाला लगायतको सहभागिता रहेको थियो कार्यक्रम सञ्चालन वडा सचिव बालदेव चौधरीले गरेका थिए ।










