शेयेर गर्नुहोस
टीकापुर २७ जेठ /
बालबालिकाको आवाजलाई सशक्त बनाउँदै बाल समृद्धिका मुद्दालाई उजागर गर्न ‘हातेमालो परियोजना’ ले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
वर्ल्डभिजनको आर्थिक सहयोगमा विकासका लागि युवा एक्यवद्धता (यार्ड) धनगढीको आयोजनामा टीकापुर क्षेत्रमा क्रियाशिल सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको हो । यार्डका कार्यक्रम संयोजक पिताम्बर पौडेलले कैलाली जिल्लाका पाँचवटा स्थानीय तहमा बाल समृद्धि र एकीकृत विकासका लागि ‘हातेमालो परियोजना’ सञ्चालनमा रहेको बताएका छन् । उनकाअनुसार बालबालिकामा समृद्धि ल्याउनका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै २०२६ मा सुरु भएको परियोजना २०३० सम्म सञ्चालन हुने छ ।
परियोजनाले स्थानीय सरकारसँग सहकार्य गर्दै स्थानीय बालमैत्री स्थानीय शासन घोषणा गर्न, बालबालिकाको शिक्षा, स्वास्थ्य, लगायतका आधारभूत विषयमा काम गर्दै आएको पौडेलले जानकारी दिएका छन् । उनका अनुसार समुदायका हरेक सरोकारवालासँग छलफल र समन्वय गरेर बाल समृद्धिको क्षेत्रलाई सबल बनाउने काम गर्दै आएको बताएका छन् ।
यार्डका सामाजिक परिचालक रतनलाल चौधरीले अन्तरक्रिया कार्यक्रमको सहजीकरण गरेका थिए ।









