सत्ती कर्णालीको अध्यक्षमा साउद पुनः निर्वाचित

शेयेर गर्नुहोस


लक्ष्मण बिक , टीकापुर २३ फागुन / सत्ती कर्णाली सामुदायिक वनको २७ औं साधारण सभाबाट पुनः तीन वर्षका लागि अध्यक्ष धनसिंह साउँद निर्विरोध निर्वाचित भएका छन् ।
वन उपभोक्ता समूहका अध्यक्ष धनसिंह साउदको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला रहेका थिए भने विशिस्ट अतिथि नारायणपुर गा.वि.स. का पूर्व अध्यक्ष फकिरसिंह कडायत र पूर्व धनसिंहपुर गा.वि.स. का पूर्व अध्यक्ष जंगबहादुर साउँद रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठकुल्लाले सत्ती कर्णाली सामुदायिक वन टीकापुर नगरपालिकाको गहनाको रुपमा पहिचान गराउने वन रहेको भन्दै यसको प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन । उनले वनलाई जोगाउन सकेको खडमा वन उपभोक्तालाई मात्र नभई सम्पूर्ण समुदायलाई नै फाइदा रहने बताउदै यसको सम्बद्र्धनका लागि सम्पुर्ण समुदाय एकजुट भएर लाग्न आग्रह गरेका छन् । उनले इतिहास–लाई बिर्सेर कहिले पनि भविष्य निर्माण गर्न नसकिने बताउँदै अघि बढ्न इतिहासलाई सदैव स्मरण गर्न जरुरी रहेको बताएका छन् ।
प्रमुख अतिथि ठकुल्लाले सत्ती कर्णाली सामुदायिक वन पछिल्लो समय वेतबाँसको रुपमा बढी चिनिने गरेको बताएका छन् । वेतबाँसका कारण समुदायमा रहेका थुप्रै मानिसले समेत रोजगारी पाएको समेत बताएका छन् । उनले संस्था आफू मात्र मोटो नभई समाज लगायत समाजमा रहेका अन्य अरुलाई पनि सेवा सुविधा दिन जरुरी रहेको बताउँदै यसले दीर्घकालसम्म संघ संस्था चलाउन मद्दत पुग्ने बताएका छन् ।
सत्ती कर्णाली सामुदायिक वन नदी क्षेत्रको बीचमा रहेको भन्दै वर्सेनि नदीमा आएको पानीको वाहबले वन क्षेत्रको सयौं कठ्ठा जमिन काटिने गरेको र यसको मुख्य कारण काम गर्नाका लागि ठेक्का दिएका ठेकेदारको कमजोरी रहेको बताएका छन् ।
कार्यक्रममा उपभोक्ताको प्रतिनिधित्व गर्दै नवराज ढुङ्गाना, सत्ती कृषि सहकारीका अध्यक्ष खडक प्रसाद भण्डारी, वन वातावरण संघका जिल्ला अध्यक्ष शेरबहादुर साउँद, सुदूर सन्दर्भ साप्ताहिकका सम्पादक भीम बि.क., साविक नारायणपुर गाविसका पूर्व अध्यक्ष फकिरसिंह कडायत, साविक धनसिंहपुर गाविसका पूर्व अध्यक्ष जङ्गबहादुर साउँद, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वन उपभोक्ता समूहका उपाध्यक्ष उदयराम ढुङ्गानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष मनिराम ढुङ्गानाले गरेका थिए ।
त्यस्तै कार्यक्रममा वनका अध्यक्ष धनसिंह साउँदले मासिक बैठक भत्ताबाफत प्राप्त रकमबाट गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जसमा श्री कर्णाली माध्यमिक विद्यालय सत्तीका २० जना र राष्ट्रिय आधारभूत विद्यालय अरुणाफाँटाका २० जना गरी ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।
साधारण सभाले नयाँ कार्य समितिको उपाध्यक्षमा पहलबहादुरबस्नेत, सचिवमा जौमतीदेवी धामी, सह–सचिवमा प्राङ्कुश चौधरी, कोषाध्यक्षमा मनिराम ढुङ्गाना रहेका छन् भने सदस्यहरुमा बलबहादुर चौधरी, गीताकुमारी चौधरी, ओमलाल सुनार, शेरसिंह रिजाल खत्री, मञ्जुदेवी चौधरी, सेतबहादुर साउँद, कीर्त ठकुल्ला, सीताकुमारी चौधरी र सन्तोष ओली साउँद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *