सफल नेतृत्वको उदाहरण कर्णाली स्कुल

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २६ बैशाख /
अधिकांश अभिभावकको इच्छा आफ्ना बालबालिकाहरुलाई निजि बिद्यालयमा नै पढाउने हुन्छ ।
आर्थिक अवस्थाले साथ दिएका अभिभावकले सामुदायिक बिद्यालयमा आफ्नो बालबालिकालाई अध्ययनको लागि पठाएको बिरलै सुन्न पाइन्छ । त्यतोमात्रै होइन सामुदायिक बिधालयमा अध्यापन गराउने अधिकांश शिक्षकका बालबालिका निजि बिधालयमा नै अध्यन गर्छन् । यसो भनिरहँदा सबै सामुदायिक बिधालयको अवस्था उस्तै छ भन्नेर विश्लेषण गर्न सकिदैन । किन भने, टीकापुर नगरपालिकामा रहेको कर्णाली माध्यमिक बिद्यालयको अबस्था भने फरक छ । कुनै समयमा कर्णाली बिधालयको नाम पनि सुन्न नचाहने अभिभावकहरु निजि बिद्यालयबाट आफ्ना बालबालिकालाई निकालेर कर्णालीमा पढ्न पठान थालेका छन । अहिले बिद्यालय सक्षम व्यवस्थापन समिती र प्रशासनमा नेतृत्व पाएपछि बिधालयको शैक्षिक गुणस्तरका साथै संरचनागत सुधारले अभिभावकहरुमा त्यो आकर्षण बढेको हो ।
बिधालयको व्यवस्थापन समितीको जिम्मेवारी खडक शाहले सम्हालेपछि बिधालयले गति लिन थालेको हो । सामुदायिक बिधालयमा व्यवस्थापन समितिमा पनि नेतृत्वका लागि निकै हानथाप हुने र काम नगर्ने परिपाटीको अन्त्य गर्दै शाहले बिधालयको मुहार मात्रै फेरेनन अभिभावकहरुको मुहारमा चमक समेत ल्याउन सफल भए । अहिले प्राबिधिक शिक्षामा जोड दिइरहेका बेला शाहको पहलमा तीन वर्षीय कृषि बाली बिज्ञान, १८ महिने कृषि बाली बिज्ञान र कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङको कक्षाहरु समेत सञ्चालन भए । अहिले टीकापुर क्षेत्रमा एक मात्रै सामुदायिक बिधालय अन्तर्गत कर्णाली माध्यमिक बिधालयमा प्राबिधिक धारको अध्यापन हुँदै आएको छ । त्यति मात्रै होइन शाहले संघको नमुना बिधालयमा पार्नको लागि पनि निकै भुमिका खेलेका छन् । उनकै लगनशीलता र सक्रियताका कारण बिधालयको लागि वार्षिक करोडौं बजेट आउने गरेको छ ।
बिद्यालयले सक्षम नेतृत्व पाएकै कारण संघीय सरकारको नमुना बिद्यालय बिकास कार्यक्रममा समेत समावेश भएको हो । संघीय सरकारको नमुना बिद्यालय बिकास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा एक करोड ५० लाखको नयाँ संरचना निर्माणको काम सुरु भैसकेको छ । बिधालयको प्रशासनिक भवन र शैक्षिक भवन निर्माणको काम भैरहेको छ । चालू आर्थिक वर्षमा पनि बिधालयको भौतिक संरचना निर्माणको लागि एक करोड रुपैयाँ र अन्य शैक्षिक कार्यक्रमका लागि ५० लाख बजेट बिधालयले पाएको छ । “मैले लामो समय बिधालयमा बिताएको कारणले पनि विकासको पनि विकास शिक्षा हो भन्ने मेरो धारणा हो । त्यसैलाई आत्मसात गर्दै बिधालयको मुहार बदल्नुपर्छ भनेर दृढ संकल्पका साथ मैले व्यवस्थापन समितीको जिम्मेवारी निर्वाह गरेकै कारण आज बिधालय यो ठाउँमा पुगेको हो ।” बिधालयका प्रधानाध्यापक धर्मराज शर्माले भने, “सबैभन्दा पहिलो कुरा नेतृत्व सक्षम हुनुपर्छ । जसरी व्यवस्थापन समितिका अध्यक्ष खडक शाहले बिधालयका लागि भनेर रात दिन खटेर काम गर्नुभयो । त्यसैको उपलब्धि हो कर्णाली नमुना बिधालय ।” उनले बिद्यालयसंग भएको जग्गामा सबै संरचना निर्माण गर्न कठिन देखिएको बताउँदै नमुना बिद्यालय बिकास कार्यक्रम अन्तरगत निर्माण गर्नुपर्ने बिद्यार्थी आवास गृह, प्रयोगशाला, चमेना गृह लगाएतका संरचना निर्माण गर्नुपर्ने बताएका छन् ।
यस शैक्षिकसत्रमा करिब दुई हजार बिद्यार्थीहरु अध्ययनका लागि बिधालय आएको प्रधानाध्यापक शर्मा बताउँछन् । कुनै बेला बिद्यालयलाई बिद्यार्थी पाउनै मुस्किल हुने गर्थ्यो ।
” बिद्यालयको खातामा पैसा थिएन । बिद्यालयप्रती अभिभावकको दृस्ठिकोण सकारात्मक थिएन । गरिबका बालबालिकाको अध्ययन गर्ने बिद्यालयको रुपमा बिद्यालयलाई हेरिन्थ्यो ।” प्रधानाध्यापक शर्माले भने, ” शाह व्यवस्थापन समितिको नेतृत्वमा आएपछि आधारभुत तहसम्मको अध्ययन गर्नपाउने मान्यतालाई १२ कक्षा सम्म पुर्याउन सफल भयौ । अहिले प्रवीणता प्रमाणपत्र तहमा बिज्ञान विषयको पढाइ समेत हुन थालेको छ ।” प्रधानाध्यापक शर्माले भने, “आज हामीलाई अध्यापन गराउन सहज छ । बिधालयलाई चाहिने आवश्यकताहरुको क्रमश पुर्ती हुँदै गएको छ । काम गर्नुपर्छ भन्ने मानसिकता बनाएर अगाडि बढ्न सक्यो भने परिवर्तनको लागि त्यस्तो समस्या नहुँदो रहेछ ।
स्थानिय सरकारले पनि बिद्यालयलाई राम्रो सहयोग गर्दै आएको छ । नगरपालिकाकै अनुदान सहयोगमा बिद्यालले बस सहयोग गरिएको छ । नगरपालिकाको ४० लाख अनुदान सहयोगमामा बिद्यालयलाई बस हस्तान्तरण गरिको बिद्यालयका प्रधानाध्यापक शर्माले बताएका छन् । उहाँले बस सेवा सुचारु भएपछि सिभिल इन्जिनियरिङ र कृषि प्राबिधिक बिषयमा अध्ययन गर्दै आएका बिद्यार्थीहरुलाई स्थलगत अवलोकनका लागि सहज भएको बताए । ” नगरपालिकासंग हामिले बस सेवा सुचारुका लागि सहयोग माग गरेका थियौ । जुन सहजै प्राप्त भएको छ ।” प्रधानाध्यापक शर्माले भने, “बस भएपछी बिद्यार्थीहरुलाई धेरै राहत मिल्ने छ भने बिद्यालयको खर्चको भार पनि कम हुने बिश्वास लिएका छौ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *