शेयेर गर्नुहोस
खेमराज पाण्डे, भजनी,१५पौष/
कैलालीको भजनी नगरपालिका वडा नं २,६, र ,८ कटानपुरमा रहेको वन देवी सामुदायिक वन उपभोक्ता समूहको १६ औ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
साधारण सभामा प्रमुख अतिथी कैलाली क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य माननिय श्री गंगा राम चौधरीले वन जोगाउन सामुदायिक वनले खेलेको भूमिकाको प्रशंसा गर्दै सबैको सक्रियताले मात्रै त्यो सम्भव भएको बताउनुभयो । सामुदायिक वनहरुको प्रयासमा हराभरा भएको उल्लेख गर्दै आगामी दिनमा पनि हरियो वन नेपालको धन भन्ने नारालाई सार्थक तुल्याउन सबैले भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको बताउनुभयो ।
केन्द्रीय सरकारले बन संरक्षण गर्न नसके पछि समुदायलाई हस्तान्तरण गरे पश्चात सामुदायीक वनहरुले निकै फड्को मारेको छ । सामुदायिक वन लाई विकास गर्न सके विश्व भोक मारीमा पनि सामुदायिक वनका उपभोक्ताले भोक मारी मा बस्नु नपर्ने र यस सामुदायीक बन हाल सम्म उत्कृष्ठ रहेकाले अझै प्रगतिको कामना गर्दै सामुदायिक वनको क्षेत्रमा पार्क निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
भजनी नगरपालिकाका नगर प्रमुख तथा विशिष्ट अतिथि केवल चौधरीले सामुदायिक विकासका लागि वनको भूमिका अहम् रहेको बताउनुभयो । उहाँले सामुदायिक वनका माध्यमबाट संरक्षण कार्यक्रम, आर्थिक उपार्जन हुनुका साथै रोजगारी सृजना लगायत विकास निर्माण कार्यले समेत मुलुक समृद्धितर्फ अघि बढेको बताउनुभयो उनले सामुदायिक वनमै यस क्षेत्रकै ठुलो वन भएकोले यसको पूर्ण संरक्षण र दिगो व्यवस्थापनसँगै आवश्यक रहेको बताए ।
सब डिभिजन वन कार्यालय भजनी प्रमुख लाल वहादुर विक, सामुदायिक वन समन्वय समिति अध्यक्ष खोज राम चौधरी ,संरक्षणकर्मी विजय श्रेष्ठ ,चराविज्ञ हिरु लाल चौधरी , वडा सदस्य गंगा राम चौधरी र राहुल बुढा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँहरुले सबैसँगको सहकार्यले नै वनलाई संरक्षण गर्न सकिने, पानीको मुहान बचाउन सकिने, जडिबुटी जनावर, चराचुरुङ्गीको संरक्षणमा पनि विशेष मद्दत पुग्ने बताउँदै आगामी दिनमा पनि यसरी नै अगाडी बढ्न आग्रह गरेका थिए।आर्थिक वर्ष ०८०÷८१ को आम्दानी ४८ लाख ५७ हजार २ सय ८५ बराबरको आयव्यय प्रस्तुत लेखापाल सुदिप चौधरीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष केशव राजवंशीले व्यक्त गर्नुभएको थियो । कार्यक्रम सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहेको थियो।सामुदायिक वनको क्षेत्रमा रहेका विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो।सो अवसरमा वनको संरक्षण र विकासमा सहयोग पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।समूहका अध्यक्ष बाबुराम चौधरीको अध्यक्षतामा साधारण सभा सम्पन्न गरिएको हो । कार्यक्रम सञ्चालक सञ्चारकर्मी धर्मेन्द्र विष्टले गर्नु भएको थियो।










