“मेरा गाउँको खड्क्या मन्त्री” लोकार्पण

शेयेर गर्नुहोस


टीकापुर १६ पुस /
टीकापुरका लागि पुरानो अनुहार हो खड्ग बहादुर नेपाली र धौरी नेपाली ।
अभावसँग लड्दै अरुसँग मागेरै गुजारा गर्दै आएको त्यो जोडीको यतिबेला उपन्यासको पानामा समेटिएको छ । आजका दिन पनि दिनभर अरुको घरमा पुगेर होस् वा बजारका पसलहरुमा पुगेर माग्दै गुजारा गर्दै आएको खड्ग र धौरीको जोडी यथार्थ पात्रको रुपमा उपन्यासमा जोडिएको हो । अभावकै बिचमा अछामबाट टीकापुर पुगेको खड्ग र धौरीको जोडीलाई त्यो अभावले न वास्तविक जीवनमा छोड्यो न उपन्यासको पानाले ।
नामकै कारण परिचीत बनेका खड्ग बहादुरको जोडीलाई पात्रको रुपमा चित्रण गर्दै आख्यानकार गगनसिंह थापाकृत “मेरा गाउँको खड्क्या मन्त्री” उपन्यासले त्यो जोडीलाई पात्रको रुपमा चित्रण गरिएको छ । झट्ट सोच्दा टीकापुरको परिकल्पनाकार स्वर्गीय खड्गबहादुर सिंहलाई सम्झिए पनि त्यो उपन्यासको पात्र खड्गबहादुर भने फरक पात्र हो । जुन पात्र हिजोदेखी आजसम्म सम्पन्न बन्न सकेको छैन ।
गगन सिंह फाउन्डेसनले सोमबार टीकापुरमा एक कार्यक्रमको आयोजना गर्दै उक्त उपन्यास मेरा गाउँको खड्क्या मन्त्री लोकार्पण गरिएको छ । उपन्यासमा उल्लेख गरिएका खड्गबहादुर नेपाली र उनकी पत्नी धौरी नेपालीको हातबाट उपन्यासको लोकार्पण गरिएको छ ।
फाउन्डेसनका संस्थापक हिक्मत थापाको अध्यक्षतामा भएको उपन्यासको लोकार्पण गरिएको छ । थापाले उपन्यास बिक्रीबाट भएको आम्दानी त्यहीँ जीवन्त पात्र खड्गबहादुर नेपाली र धौरी नेपालीको जीवनस्तर उठाउन खर्च गरिने बताएका छन् ।
कार्यक्रमको बखतमा पनि केही पुस्तक बिक्री भएका छन् भने लोकार्पण हुनु पुर्व अग्रिम बिक्री भएका पुस्तकबाट दैलेखका दिलीप आचार्य मार्फत १० हजार नगद नेपाली दम्पतीलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी उपन्यासको लोकार्पण कार्यक्रममा साहित्यकार पुर्ण रावलले व्यक्तिगत दुई हजार पाँच सय नगद हस्तान्तरण गरेका छन् ।
अछामबाट टीकापुर आएर सुकुम्बासी वस्तीमा बस्दै आएका नेपाली टीकापुरका परिकल्पनाकार स्वर्गीय खड्गबहादुर सिंहसँग जग्गा माग्न जाँदा सिंहका सहकर्मीले नाम सोधेपछी नेपालीले खड्गबहादुर मात्रै भन्दा सिंहका सहकर्मीले सिंह हो कि भन्दा उनले टाउको हल्लाएकै कारण बिद्रोहीको षड्यन्त्र ठानेर जग्गा पाउनबाट बञ्चित भएका नेपाली त्यसपछिका दिनमा खड्क्या मन्त्रीको रुपमा मजाकको पात्र बनाइएका नेपालीको जीवनशैलीलाई उपन्यासम समेटिएको बताइएको छ ।
उपन्यासको समालोचना गरेका प्राध्यापक डा धनकृष्ण उपाध्यायले स्वर्गीय थापाको ९ औं कृतिको रुपमा लोकार्पण भएको उपन्यास सबै कृति भन्दा उत्कृष्ट रहेको बताएका छन् । उनले उपन्यासको पात्रबाट नै लोकार्पण गर्ने अवसर प्रायः पाउन कठिन हुने बताएका छन् । उनले उपन्यासलाई सामाजिक कृतिको रुपमा ब्याख्या गरेका छन् । एक सय ९५ पृष्ठको उपन्यास १४ अध्यायमा लेखिएको छ ।
टीकापुर साहित्य समाजका सचीव बाबू देवकोटाले गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार परमानन्द पाण्डेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *