गाडी दिनेले ड्राइभर नदिएपछि

शेयेर गर्नुहोस


टीकापुर १४ चैत /
नेपाल विद्युत प्राधिकरण टीकापुर वितरण केन्द्रलाई प्रादेशिक कार्यालय अतरियाले उपलब्ध गराएको इलेक्ट्रोनिक अटोरिक्सा सञ्चालनमै नआएर कवाड बन्ने भएको छ ।
विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अतरियाले उपलब्ध गराएको उक्त इलेक्ट्रोनिक अटो रिक्सा चालक नपाएरै टीकापुर वितरण केन्द्रको परिसरमा थन्किएको छ । अटो रिक्सा चलाउने चालक नहुँदा ल्याएको दिनदेखि उक्त अटो चलेको छैन । “हामीसँग यो अटो चलाउने चालक छैन । अटो दिनेले दियो तर चालक दिएन ।” वितरण केन्द्रका अधिकृत नारायण प्रसाद अधिकारीले भने, “यो चलाउने चालकको लाइसेन्स चाहिने रहेछ ।लाइसेन्स भएको चालक हामीसँग हुने कुरा भएन र हामीले राख्न पनि पाउदैनौँ ।”
प्राधिकरणको प्रादेशिक कार्यालयको निर्णयअनुसार खरिद गरेर ल्याइएको उक्त अटो रिक्सा नो लाइट सेवाका लागि उपलब्ध गराइएको थियो । ड्राइभर लाइसेन्स भएको जनशक्ति नभएका कारण लाखौं खर्चेर खरिद गरिएको अटो रिक्सा कवाड बन्ने स्थितिमा पुगेको छ । उसो त यस्ता कैयौं सरकारी सवारीसाधन सञ्चालन नभएरै कवाड बनेका छन् भने त्यस्ता साधनको संरक्षण गर्ने दायित्व पाएका निकायका पदाधिकारीहरु अरुलाई आरोप लगाएर आफू पन्छिन खोज्ने परिपाटी बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *