कक्षा १० का विद्यार्थीलाई विदाई

शेयेर गर्नुहोस

दिपक बहादुर विश्वकर्मा, टीकापुर ०८ चैत /
टीकापुर नगरपालिका वडा नं. १ स्थित मेरी गोल्ड एकाडेमीमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच बिदाइ गरिएको छ ।
विद्यालयले एसईईको परिक्षाको शुभकामना दिँदै शनिबार उनीहरूको उज्ज्वल भविष्यको कामना सहित बिदाइ गरिएको हो । कार्यक्रममा विद्यार्थीहरूले विद्यालयमा बिताएको समयलाई जीवनकै महत्वपूर्ण र अविस्मरणीय अनुभवका रूपमा स्मरण गरेका थिए । उनीहरूले यहाँ अध्ययन गर्ने क्रममा शैक्षिक ज्ञानसँगै व्यवहारिक सीप र अनुशासन सिक्ने अवसर पाएको बताए । शिक्षकहरूको माया, साथ र मार्गदर्शनले आफ्नो व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै विद्यार्थीहरूले बिधालय प्रति कृतज्ञता व्यक्त गरेका थिए ।
विद्यालयकी प्रिन्सिपल देनकला विष्टले विद्यार्थीहरूको विदाई कार्यक्रममा बोल्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेकी छन् । “विद्यालय केवल पढाइ हुने स्थान मात्र होइन, यो व्यक्तित्व निर्माण गर्ने थलो पनि हो ।” उनले भनिन्, “यहाँ सिकेका ज्ञान, अनुशासन र मूल्यहरूलाई जीवनमा उतार्न सकेमा तपाईंहरू अवश्य सफल बन्नुहुनेछ।” उनले मेहनत, निरन्तरता र आत्मविश्वासका साथ अगाडि बढ्न विद्यार्थीहरूलाई सुझाव दिएकी छन् ।
त्यस्तै, कक्षा १० की विद्यार्थी रेजिना विकले विद्यार्थीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै विद्यालयप्रति आभार प्रकट गरिन् । “हामीले यस विद्यालयमा धेरै कुरा सिक्ने अवसर पायौं । शिक्षकहरूको माया, साथ र मार्गदर्शन सधैं सम्झिरहनेछौं ।” उनले भनिन्, “विद्यालय छोड्दा दुःख लागिरहेको छ, तर यहाँबाट पाएको ज्ञान र आत्मविश्वासले भविष्यमा अघि बढ्न सहयोग गर्नेछ। सबै शिक्षक तथा विद्यालय परिवारलाई धन्यवाद।”
कार्यक्रममा शिक्षकहरूले पनि विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै अनुशासन, मेहनत र निरन्तरताका साथ अगाडि बढ्न सुझाव दिएका छन्। अन्त्यमा, विद्यार्थीहरूले सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

ताजा खबर

सुर्यनगरको अध्यक्षमा नाथ

फुटबल प्रतियोगिता सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *