ठूलो मात्रामा लागुऔषध सहित दुई पक्राउ

शेयेर गर्नुहोस


टीकापुर ०१ जेठ /
खक्रौलाबाट प्रहरीले ठुलो मात्रामा खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। 
भारतबाट नेपालतर्फ आउँदै गरेको से १ ह २२११ नम्बरको अटोरिक्सा चेकजाँच गर्दा भागेका दुई युवालाई प्रहरीले लखेटेर नियन्त्रणमा लिएको हो ‌।  इलाका प्रहरी कार्यालय टीकापुर र कालाकुण्डा प्रहरी चौकीको संयुक्त टोलीले १९.१६० ग्राम खैरो हेरोइन सहित राजापुर नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय तेजबहादुर बिसालु र सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का १८ वर्षीय साहेब नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
कैलाली प्रहरीले ठुलो मात्रामा लागुऔषध नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता योगेन्द्र तिमिल्सिना ले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *