शेयेर गर्नुहोस
टीकापुर २७ असोज/
घटस्थापनाको दिन हुन्दु परम्परा अनुसार जमरा राख्ने प्रचलन भए पनि कठरिया समुदायमा भने आज जिउँरा (जमरा) राखिँदै छ ।
आफ्ना परिवारका स्वर्गवास भएका पित्रीलाई धुमधामका साथ घरमा भित्र्याएपछि कठरिया समुदायमा दशैको जिउँरा राख्ने चलन चल्दै आएको छ । उनीहरूको परम्परा अनुसार अधेरीको दृतीय तिथि अर्थात १५ दिन पहिले घरमा रहेका पित्रीलाई मीठो मसिनो खान दिएर पुजाआजा गरि घुम्न पठाउन र घटस्थापनाको अर्को दिन घुम्न गएका पित्रीलाई पुनः तामझामका साझ पुजाआजा गरेर घर भित्र्याउने चलन रहेको जानकी गाउँपालिका वडा नं. ४ मुनुवाका शन्तलाल कठरिया बताउँछन् ।
उनका अनुसार त्यो बेला पित्रीलाई रक्सी र माछा अनिवार्य चडाउनुपर्ने चलन रहि आएको छ । “१५ दिन पहिले पित्रीको सम्झनामा माछा, भात, रक्सी लगायतका परिकार देउतालाई चडाएर घुम्न पठाइन्छ ।” उनले भने, “घटस्थापनाको अर्को दिन विधिवत रुपमा सुत्ने खाटलाई फुलले सजाएर, कुसको टुक्रा राखेर, माछा, रक्सी लगायतको मीठो परिकार देउतालाई चडाएर घुम्न गएका पित्रीलाई घर फर्काउने चलन छ । त्यसको अर्को दिन मात्रै हामीले जमरा (जिउँरा) राख्छौं ।” त्यसरी देउता राख्दा तल कुस राखेर नयाँ माटोले
कठरिया समुदायमा पित्रीका लागि माछा अनिवार्य मानिन्छ । घटस्थापनाको अर्को दिन अर्थात प्रतिपदाको दिन त्यस समुदायका अधिकांश मानिसहरू नदीमा माछा मार्न जाने गर्छन् । मार्न नसक्नेले किनेर भए पनि माछा पित्रीलाई चडाउनुपर्ने उनीहरूको चलन छ । नवरात्राको नवमीलाई समुदायले पुत्रहवा भन्ने चलन रहेको सोही ठाउँका कैबु कठरिया बताउँछन् । दशैको टीकालाई कठरिया समुदायमा राज टीका भन्ने चलन रहि आएको उनले बताएका छन् ।
उता चौधरी समुदायमा भने घटस्थापनाको दोस्रो दिन अर्थात सोमबार घरघरमा जमरा राख्ने चलन रहि आएको बरघर लौटन प्रसाद डगौरा थारुले जानकारी दिएका छन् । उनका अनुसार जमरलाई चौधरी समुदायले जौरा भन्ने चलन छ । उनीहरूको पनि पित्री बोलाइसकेपछी मात्रै जमरा राख्ने गर्छन् । पित्रीलाई माछा (सिध्रा) र रक्सी अनिवार्य चडाउनुपर्ने चलन चौधरी समुदायमा पनि रहेको बरघर थारु बताउँछन् । फेरि चौधरी समुदायमा महाअष्टमी दशै मनाउने चलन छ । उनीहरूले कुखुरा देउतालाई चडाउने गर्छन् ।










