शेयेर गर्नुहोस
टीकापुर १८ साउन /
ब्राह्मण समाज नेपाल नगर कार्यसमिति टीकापुरको साधारण, आजीवन सदस्य विभिन्न पदाधिकारी एवम् शुभेच्छुकहरुको विशेष भेलामा डम्बर प्रसाद रिमालको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
समाजको उपाध्यक्षमा चेतराज उपाध्याय, सचीव आत्माराज उपाध्याय, सहसचिव छविराज उपाध्याय, कोषाध्यक्ष जगत कुमारी जैशी चयन भएका छन् । १५ सदस्यीय ब्राह्मण समाजको नयाँ नगर कार्यसमितिले वड स्तरमा समिति विस्तारको काम गर्ने जनाइएको छ । साथै भेलाले गंगाराम आचार्यको संयोजकत्वमा सल्लाहकार समिति पनि चयन गरेको छ ।
उक्त कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले संस्कार र संस्कृतिका हिसाबले कोहि व्यक्ति आफ्नो जात भन्दा बाहिर जान नसक्ने भन्दै अरुको धर्म र संस्कृतिको सम्मान गर्दै आफ्नोलाई संरक्षण गर्दै जानुपर्नेमा जोड दिएका छन् । उनले अरुलाई अनुशासन सिकाउँदा आफू अनुशासित हुनुपर्ने बताए ।
टीकापुर नगरपालिका वडा नं.१ का पुर्व वडा अध्यक्ष गंगाराम आचार्यले देशको नेतृत्वमा कैयौं ब्राह्मणहरु पुगे पनि समाजको हक हितका लागि कुनै काम हुन नसकेको बताउँदै ब्राह्मणको काम पुजापाठ गर्ने मात्रै नभएको बताए अनेकतामा एकताको सन्देश दिने पनि भएको बताए । टीकाराम आर्यले समाजको अगुवाले समाजमा धर्मको नाममा पोख्ने काम गर्दै आएको बताउँदै धर्मको नाममा ठूलो राजनीति भैरहेको बताए ।
ब्राह्मण समजका केन्द्रिय सदस्य नारायण तिमिल्सिना खस आर्यले नचिनेको संविधानलाई चिनाउने काम ब्राह्मण समाजले गरेको भन्दै ब्राह्मण समाजले सिंगो समाजको प्रतिनिधित्व गरिएको बताए । उनले हिजो बुर्जुवा शिक्षा भनेर जलाइएका पाठ्यपुस्तक आज तिनै व्यक्तिले खोजिरहेको बताएका छन् ।
अर्का केन्द्रिय सदस्य गोकर्णप्रसाद बजगाईले ब्राह्मण पुर्ण रुपमा ब्राह्मण हुन नसकेको बताएका छन् । उनले ब्राह्मणमा पुर्ण एकताको खाचो रहेको उल्लेख गरे । धर्मको नाममा ब्राह्मणले कुनै अश्र चलाउनु नपर्ने उनको भनाइ छ ।
नगर कार्यसमितिका सदस्य मस्टि प्रसाद जैशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर सचीव आत्माराज उपाध्याय गरेका थिए । ब्राह्मण समाजले टीकापुरमा हिउँदको जाडोमा थालिएको न्यानो कपडा संकलन तथा वितरण कार्यक्रममा सहयोग गर्ने सहयोगी दातालाई सम्मान समेत गरेको छ ।









